चारकोल बनाउने तरीका सिक्दै स्थानीयहरु

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी गाउँ विकास समितिको बान्द्रेमा आगो बाल्न प्रयोग गरिने चारकोलको नमुना प्रर्दशन गरीएको छ । विशेष गरी डडेलो नियन्त्रणमा सहयोग प¥याउने र चारकोल उत्पादन गरी स्थानीय स्तरमा नै रोजगारी सिर्जना गराउने उद्देश्यले चारकोलको नमूना परिक्षण गरिएको होे । वनका लागि आवश्यक नपर्ने मिचाहा प्रजातिको झाडी बुट्यानबाट चारकोल उत्पादन गर्न सकिने भएकोले यसले वनमा डडेलो जानबाट जोगिने छ । काठ र दाउराको लागि काम नलाग्ने बुट्यानहरुबाट नै उत्पादन गर्न सकिने चारकोल विशेषगरी होटल, बेकरी उद्योग लगायत विभिन्न उद्योगहरुले प्रयोग गर्ने गर्दछन् । हेल्भेटास र सामुदायिक वन उपभोक्ता महासंघ धादिङद्धारा संचालित जैविक उर्जा परियोजना मार्फत खाल्टेखोला सामुदायिक वनमा चारकोलको नमूना प्रदर्शन गरिएको हो । नमूना प्रदर्शन पछि वन समितिका पदाधिकारीहरुलाई चारकोल बनाउने तरिका र यसको फाइदाहरुको बारेमा जानकारी गराइएको हो । विषेश गरी बनमारा, सेतो पाती लगायतका बुट्यानहरुबाट चारकोल बनाउन सकिन्छ ।