बढ्दै छ पुरुष हिंसा

1374 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मङ्सिर, पाँचखाल–५ का ३० वर्षीय सानुभाई पराजुलीले श्रीमतीविरुद्ध उजुरी दर्ता गरेका छन् । श्रीमतीले परपुरुषसँग लागेको आरोप लगाउँदै वेवास्ता गरेको उजुरीमा उल्लेख छ । प्रहरीका अनुसार श्रीमतीले कुटपिट गर्नुका साथै मानसिक तनाव दिएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय महिला सेलमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रहरी सहायक निरीक्षक सीता श्रेष्ठका अनुसार दुई वर्षअघि काभ्रेमा पुरुष हिंसाका दुईवटा मुद्दा दर्ता भएका थिए । गतवर्ष तीनवटा पुरुष हिंसाका मुद्दा दर्ता भएका थिए तर, यो वर्ष साउनदेखि १५ मङ्सिरसम्म १३ वटा पुरुष हिंसाका उजुरी दर्ता भइसकेका छन् । फलाँटे–९ का सुरेशकुमार लामाले सामान्य झगडा हुँदा आफ्नी श्रीमतीलाई माइती पक्षले लगेको भन्दै उजुरी दर्ता गरेका छन् । उनले आफ्नी श्रीमती फकाईदिन उजुरीमा आग्रह गरेका छन् । उता फुलासी–५ रामेछापका नारायण अधिकारीले श्रीमतीले सम्बन्धविच्छेदको निवेदन दिएकाले अन्यायमा परेको बताए । ‘मैले श्रीमतीका नाममा जग्गा पास गरेको थिएँ, तर श्रीमतीसँग सामान्य झगडा हुँदा प्रहरी कार्यालयमा सम्बन्ध विच्छेदको निवेदन दिइएको छ,’ उनले भने । तर, अधिकारीकी श्रीमतीले भने अविवाहित भन्दै आफूलाई फसाएकाले उजुरी ीदएको बताइन् । ‘म स्वतन्त्र रुपमा बाँच्न नाहन्छु, यो मेरो आत्मनिर्णयको अधिकारको कुरा हो,’ उनले भनिन् । पाँचखालका शिवप्रसाद हुमागाईले बुहारीले हेरविचार नगर्ने र मुख छाड्ने गरेको भन्दै उजुरी दिएका छन् । त्यस्तै, भीखोरी–२ का लभकुमार थपलियाले श्रीमतीले अर्कैसँग विवाह गरेको भन्दै उजुरी दिएका छन् । प्रहरीका अनुसार श्रीमतीका काकाले अर्कै तिर पठाएको उनको आरोप रहेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । श्यामपाटी–८ का अमर तामाङले झगडा गरेर तीन छोरालाई छोडी श्रीमती माइत बसेको भन्दै उजुरी दिएका छन् । ‘मैले पटक पटक लिन जाँदा पनि नआउने भनेपछि मानसिक तनाव भएको छ,’ उनले भने । महिला मानवअधिकार रक्षक सञ्जालकी उपाध्यक्ष गीता बन्जाडेले वैदेशिक रोजगारीमा जाने पुरुषका श्रमितीले दोस््रो विवाह गरेकाले पुरुषमाथि हिंसा बढेको बताइन् । ‘तर, श्रीमतीले कुटपिट गरेको, मानसिक तनाव दिनेजस्ता घटनाका सम्बन्धमा कारवाही भएको पाइएको छैन,’ उनले भनिन् । –