हेर्नुस दुई उद्योग वाणिज्य संघबिच भएको सम्झौंताहरु

531 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10624748_898280340195995_4599451983742622665_nधादिङका व्यावसायीहरु अन्तत एक ठाउँमा उभिएका छन् । विगत लामो समयदेखी विभाजित भएका दुई उद्योग वाणिज्य संघहरु महोत्सवको मुखमै आएर मिलेका हुन् । संस्थागत हिसाबले नमिलेका विषय मिलाउन दुबै उद्योग वाणिज्य संघ सहमत भएपछि धादिङ उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ धादिङ एक हुने भएको हो । दुई उद्योग वाणिज्य संघ बीच भएको सहमतिहरु जस्ताको तस्तै
१, धादिङ उद्योग वाणिज्य संघ, धादिङ र उद्योग वाणिज्य संघलाई एकिकरण गर्न, सबैजना सर्बसम्मत सहमत भई एकिकरण गर्ने निर्णय गरियो ।
२, उद्योग वाणिज्य संघ धादिङमा आबद्ध रहेका सदस्यलाई छानवीन गरी योग्यता पुगेका सम्पुर्ण उद्यमी व्यवसायीहरुलाई सिफारीस समितिको निर्णय तथा सिफारीस बमोजिम धादिङ उद्योग वाणिज्य संघ। धादिङको सदस्यता प्रदान गर्ने र यसका लागि तपशिल बमोजिम सदस्यता छानवीन समिति गठन गर्ने निर्णय गरियो ।
३, २०७१ पौष ७ गतेदेखी १७ गतेसम्म मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव २०७१ नाम रहेको महोत्सव सञ्चालन गर्ने सर्बसम्मत निर्णय गरियो ।
४, महोत्सवको उद्घाटन कार्यक्रममा संयोजक चन्द्रकान्त अधिकारी र समापन कार्यक्रममा कल्पना अधिकारी सभापतित्वमा कायक्रम सञ्चालन गर्ने सर्बसम्मत निर्णय गरियो ।
६, २०७१ मंसिर २३ गतेका दिन दिनको १२ बजे धादिङ उद्योग वाणिज्य संघको सचिवालयमा दुवै संघका कार्यसमिति सदस्यहरुको बैठक बस्ने निर्णय गरीयो ।
स्मरण रहोस बैठकमा दुवै उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो ।