मानवअधिकार रक्षकसम्बन्धी विशेष समाधीक्षकलाई नेपाल भ्रमणका लागि आग्रह

610 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????
धादिङ -मानवअधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसंघका विषेश समाधिक्षकलाई नेपाल भ्रमणको निम्ता गर्न धादिङका नागरिक समाजले ०७१ मंसिर २३ गते ज्ञापनपत्र मार्फत सरकारसमक्ष आग्रह गरेका छन्

संयुक्त राष्ट्रसङ्घको सदस्य भएका नाताले नेपाल संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएका घोषणापत्रलाई लागु गर्नु उसको दायित्व हुने भएकोले मानवअधिकार रक्षकहरु जोखिममा रहेको सन्दर्भमा सो आमन्त्रण गर्न माग गरिएको हो ।
सन् २०१३ मा १ सय २५ जना मानवअधिकार रक्षक माथि दुव्र्यवहारका घटनाहरू भएकोमा पत्रकारको सङ्ख्या ७६ थियो । यि यसत घटनाहरुमा सरकारले सुरक्षा र संरक्षण गर्न माग गर्दै आएका मानवअधिकार रक्षकहरुले संयुक्त राष्ट्रसंघका विषेश समाधिक्षकलाई नेपाल भ्रमण गरि सत्य तथ्या बाहिर ल्याउन आग्रह गर्दै आएका छन्
नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको प्रतिवद्धतालाई यो अवसरमा स्मरमण गराउँदै मानवअधिकार रक्षक सम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष समाधीक्षकले नेपाल भ्रमणका लागि पटक पटक आग्रह गर्दा पनि लामो समयसम्म पनि नेपाल सरकारले नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीज्यू समक्ष मानवअधिकार रक्षक सम्बन्धी विशेष समाधीक्षक माइक लफोस्र्टलाई नेपाल भ्रमणका लािग आमन्त्रण गर्न आग्रह सो ज्ञापनपत्रमा आग्रह गरिएको छ ।
ज्ञापनपत्रमा इन्सेक प्रतिनिधि सीताराम अधिकारी, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका राधिका सापकोटा, पत्रकार महासका नवराज छत्कुली लगायतका १३ संघ संस्थाले हस्ताक्षर गरिएको छ ।
-सीताराम अधिकारी