राजमार्ग क्षेत्रमा प्रहरीले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै

449 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्युनीकरणको लागि धादिङ प्रहरी सन्चालन गरेको तेस्रो चरणको अभियान प्रभावकारी बन्दै गईरहेको छ । सवारी चालकको लार्पबाहीबाट हुने दुर्घटजा न्युनीकरणको लागि प्रहरीले एकै पटक तीन किसीमबाट पृथ्वीराजमार्ग क्षेत्रमा अभियान सन्चालन गरेको छ । सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र भनेर चिनिने राजमार्ग क्षेत्रमा धादिङ प्रहरीले यसअघि पनि पटक–पटक दुर्घटना न्युनीकरणको लागी अभियान सन्चालन गरीसकेको छ । अभियानको क्रममा प्रहरीले सवारी चालकलाई सडकमै उभिएर एक मिनेटको प्रशिक्षणसंगै राडारगन प्रयोग गरी गति मापन र ब्रेथलाइजर प्रयोग गरी मादक पदार्थ सेवन मापन गरिरहेको छ । सवारी चेकजाँचको क्रममा अहिले सम्म १४ हजार भन्दा बढी राजस्व संकलन भईसकेको छ । अभियानको चौथो दिन आज पनि प्रहरी अभियानकै क्रममा रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । राजमार्ग क्षेत्रको विभिन्न स्थानमा प्रहरीले सवारी चेकजाँच गर्ने गरेको छ । यसभन्दा अघिको अभियानले सफल्ता पाएसँगै प्रहरीले यो पटक तेस्रो चरणको अभियान सन्चालन गरेको हो । प्रहरी सन्चालन गरेको अभियान ७ दिन सम्म सन्चालन हुने छ ।