गोरखाकी रीता गुरुङको नुवाकोटमा हत्या

556 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

edit1धादिङ २४ मंसिर -संसारभर महिला हिंसा बिरुद्ध १६ दिने अभियान चलिरहेको बेला नुवाकोट जिल्लाको सुनखानी गाविस वडा नम्बर २ चापकोटमा सोमवार सांझपख एक युवतीको घांटी थिचेर हत्या भएको छ ।
सोमवार सांझ ६ वजे तिर मृत अवस्थामा भेटिएकी युवती गोरखा जिल्ला थालाजुङ गाविस वडा नम्बर ९ की २३ बर्षिया रीता गुरुङ भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मंगलवार राती नुवाकोटको सुनखानी गाविस अन्र्तगत पर्ने छहरे–टोखा सडक खण्ड नजिकै चापकोटको चांपे बनमा घांटी थिचेर युवतीको हत्या गरिएको खबर आएपछि घटनास्थल पुगेको प्रहरी टोलीले युवतीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनु भयो ।
हत्यामा संलग्न भएको आरोपमा नुवाकोट जिल्लाकै गणेशस्थान गाबिस वडा नं४ का २५ बर्षिय अजय ढकालाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले मंगलबार राती नै पक्राउ गरेको छ । युवतीको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाई छ । काठमाडौं बस्दै आएकी गुरुङलाई मंगलबार साँझपख ढकालले बा ६४ प २२३ नम्बरको मोटरसाइकलमा राखेर सुनखानीको जंगल तर्फ लैजांदै गरेको देखेकाले हत्यामा ढकाललनै संलग्न भएको हुनुपर्ने स्थानीयको भनाई छ । ढकाललाई मोटरसाईकल सहित पक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको प्रहरी निरिक्षक अधिकारीले वताउनु भयो ।
हत्या के कारणले गर्दा भएको हो भन्ने खुल्न नसकेकाले घटनाको अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।