आगो बाल्न प्रयोग गरिने चारकोल बनाउन सिक्दै

611 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aagoकुम्पुर-वन क्षेत्रमा पाईने मिचाह प्रजातिका बुट्यानबाट निर्माण हुने चारकोलको हिजो कुम्पुरमा पर्दशनी गरीएको छ । वर्तमान सयममा अन्य प्रविधि भन्दा चारकोल बनाउने प्रविधि उत्कृष्ट ठहरीएको अवस्थामा स्थानीय वनउपभोक्ताका सदस्यहरुलाई चारकोल बनाउने तालिम धादिङमा तिव्र बनाईएको छ । यसअघि दक्षिणी धादिङका साथै नीलकण्ठ नगरपालिका वरपरका क्षेत्रका वन उपभोक्ता समितिहका सदस्यहरुलाई पनि चारकोल निर्माण गर्ने तालिम दिईसकीएको छ । कुम्पुर गाउँ विकास समिति वडा नम्बर ३ र ४ मा हिजो आगो बाल्न प्रयोग गरिने चारकोलको नमूना प्रदर्शन गरिएको छ । लाम्काना सामुदायिक वन उपभोक्ता समुहका बीच बिहीवार  एक कार्यक्रमको बीच चारकोल प्रर्दशनी गरीएको जितराज श्रेष्ठले जानकारी दिनुभएको छ । हेल्भेटास र सृजनसिल वायोमास तालिम केन्द्र पर्सा द्वारासंचालित जैविक उर्जा परियोजना मार्फत लाम्काना सामुदायिक वनमा चारकोलको नमूना प्रदर्शन गरिएको हो । वनका लागि आवश्यक नपर्ने मिचाहा प्रजातिको झाडी बुट्यानबाट चारकोल उत्पादन गर्न सकिने भएकोले यसले वनमा डडेलो लाग्नबाट जोगिने छ ।