छेवरमा सहभागि बन्न पुर्व गृहमन्त्री धादिङको तिप्लिङमा

536 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

buddimaan tamaangधादिङ-पुर्व गृहमन्त्री बुद्धिमान तामाङ बिहिबार धादिङको तिप्लिङमा आउनु भएको छ । स्थानीय एक आफन्तको छोराको छेवर मान्नको लागि हेलिकोप्टर भाडामा लिएर तामाङ धादिङ आउनु भएको स्थानीय एक व्यक्तिले बताउनु भयो । पुख्र्यौली गाउं आएको वेला  बाल्यकालका साथिसँग भेटघाट गर्नुको साथै तामाङले स्थानीय एक विद्यालयको अवलोकन समेत गर्नुभएको गाउंलेहरुले वताएका छन  ।

                        राजनैतिक तथा अन्य औपचारिक कुनै कार्यक्रम नभएपनि  तामाङले अनौपचारिक रुपमा स्थानीय गणेश हिमाल प्राथमिक विद्यालयको अवलोकन गर्नुभएको हो ।  गृह गाउँ आउनु भएका तामाङले राजनीतिक बिषयमा केही नवोल्नु भएको पनि तामाङका नजिकका कार्यकर्ताहरुले वताएका छन । यसैक्रममा  तामाङले तिप्लिङ गाउँ विकास समिति वडा नम्बर ९ लिङजोमा निमार्ण हुन लागेको गुम्बाको समेत शिल्यान्यास गर्नुभएको छ । स्थानीय जनश्रमदान र विभिन्न संघ–संस्थाको सहयोगमा निर्माण हुने गुम्बाको निर्माण कार्य बिहिबारबाट सुरु भएको छ ।पुर्व गृहमन्त्री समेत भईसक्नु भएका तामाङ दोश्रो संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ मा राप्रपाको तर्फवाट उम्मेदवार हुनुभएको थियो । लामो समय देखि राजनितिमा सक्रिय रहनु भएका तामाङ हाल राप्रपाको महामन्त्री हुनुहुन्छ ।