तपाई आफ्नी श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ?

628 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 wife khusiतपाई आफ्नी पाट्नर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला ।

तर अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । व्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।  खाना बनाउन देखि घरको व्यवस्थापनको जिम्मेवारी घरको गृहिणीकै हुन्छ । काम गर्दा गर्दै  उनीहरुलाई पिडा पनि हुने  गरेको हुन्छ ।

यदी यस्तो पाईयो भने तपाई कपडा धुन तिर लाग्नुहोस् अनि उनी खुसी हुन्छिन , अध्ययनले भनेको छ । उनीहरुलाई आफ्नो साथीसँग खुसी रहन मिल्यो भने रिस सबै हराएर जाने समेत अध्ययनमा जनाईएको छ । सो अध्ययनमा १ हजार ५६ महिलालाई  सामेल गराईएको थियो ।
जसमा ६४ प्रतिशत महिलाले  मौसम राम्रो भयो भने  मुड पनि राम्रो हुने बताएका छन्  ।  ४१ प्रतिशतले  आफ्नो मान्छेले प्रेम सम्बन्धी पठाएको सन्देशले आफुलाई ताजा राख्न मदत गर्ने वताएको थियो ।

– (एजेन्सी )