पर्यटकीय महत्वको न्होक गुफा संरक्षणमा टानको पहल

1207 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

61b8f24749d111f07f7b6a71842f47e0धादिङ, – प्रचार प्रसारमा सम्बन्धित निकायको ध्यान नजाँदा ओझेलमा पर्दै आईरहेको धादिङको धुषा गाविसमा रहेको न्होक गुफा संरक्षणको लागि पहल शुरु गरिएको छ ।

पृथ्वीराजमार्गको चरौँदी बजारबाट ग्रामीण सडक हुँदै पुगिने न्होक सुरुङ जस्तो भएकाले चेपाङ भाषामा न्होक भनिएको हो ।

54176cebaa436e0606a4f1b3128518a8 56565c5284829ca0370e780d3ee12210चरौँदीबाट तीन घण्टा हिँडेर पुग्न सकिने धामवाङ समुन्द्री सतहबाट २ हजार मिटरको उचाईमा रहेको छ । चांपटार विधाङ सजकभन्ज्याङ दुमवाङ हुंदै पुग्न सकिने प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको नोक गुफाले उचित प्रचार प्रसार र संरक्षण पाउने हो भने यस ठांउलाई धार्मिक तथा वाह्य पर्यटनको केन्द्र वनाउन सकिने नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ बताउनुहुन्छ ।

a76f15c1d034ae86c134b5dc91994fdc e5bee4ca0a903c1ed8e11047e3d22b22ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएमडीपी) अर्थात सामर्थ नेपालबीच भएको रुवीभ्याली क्षेत्रको पर्यटन प्रबद्र्धन र धादिङ जिल्लाको सम्भावित पर्यटकीय क्षेत्रहरुको संरक्षण गर्ने कार्यक्रम अनुसार न्होक गुफाको न्यूनतम पूर्वाधार विकासका काम शुरु गरिएको हो ।पर्यटकीय विकासका संभावना भएर पनि ओझेलमा परिरहेको न्होक गुफाको संरक्षण र प्रचार प्रसारका लागि टान र स्थानीयवासीको साझेदारीमा एक लाख ५० हजार खर्च गरेर गुफा जाने मार्गको मर्मत सम्भार तथा गुफा परिसरको संरक्षण शुरु गरिएको हो । धाङवाङमा रहेको यस गुफाको शान्ति सामुदायिक विकास समूह दुमवाङले संरक्षण गर्दै आएको छ । टानको सहयोगमा गुफा जाने एक किलोमिटर उकालो वाटोमा  सिढिं निर्माण गरिनुका साथै  गुफा वरिपरि विभिन्न चेतनामुलक व्यानर तथा होडिङबोर्ड, चौतारा, शौचालय, खानेपानी को धारा निर्माण गरिएको स्थानीयवासीले वताएका छन । 

e6ec9502401e3e0f3e8cccabb151b578गुफा भित्र देखिने विभिन्न आकृति र गल्छिमा बगिरहेको पानीको आवाजले यहाँ भित्र प्रवेश गर्ने जो कोहिलाई पनि आकर्षित गर्ने गरेको छ ।

गुफाको मुख्य प्रवेशद्धार एउटामात्र भएपनि गुफा भित्र भने अनगिन्ती सुरुङहरु रहेका छन । चुच्चो परेको तिखा सिसा जस्ता ढुङगालाई छल्दै केहि ठाउँमा सावधानी अपनाएर गुफा प्रवेश गर्नुपर्ने अवस्था रहेको छ ।

चेपाङ समुदायको जिविकोपार्जन सुधार, स्वास्थ्य तथा सरसफाईका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्था शान्ति नेपालका कार्यक्रम संयोजक इन्द्रमान शाक्य गुफालाई पर्यटकिय आकर्षणको केन्द्र बनाउन सकिने सम्भावना रहेको बताउनुहुन्छ ।

-तस्बिरहरु  :उज्यालो अनलाईन