करेन्ट लागेर ३ को मृत्यु, २ घाइते

529 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रामेछापको दोरम्बा गाविस ५ को बोत्तल डाँडामा करेन्ट लागेर ३ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

बोत्तल डाँडामा रहेको विजुलीको टान्सफरमरको स्विच अन गर्ने क्रममा करेन्ट लागेर स्थानीयबासिन्दाहरु ६५ वर्षिय ईन्द्रबहादुर थापामगर, २५ वर्षिय चण्डिलाल तामाङ र ६३ वर्षिय अम्मरबहादुर थापामगरको ज्यान गएको हो  ।

स्वीच अन गर्दा ११ हजार भोल्टेजको विद्युत प्रशारण लाईन सर्ट भएको र उहाँहरुलाई करेन्ट लागेको गाउँलेले बताएका छन् । घाइते दोरम्बा ७ की ४५ वर्षिया ठूली तामाङ र ६५ वर्षिया लक्ष्मी थापामगरको स्थानीय स्वाथ्यचौकी दोरम्बामा उपचार भैरहेको छ । उहाँहरुको अवस्था पनि गम्भीर छ ।