कोरियाबाट चेपाङलाई सहयोग

397 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निर्मल थपलिया
धादिङ -एन आर एन कोरियाको क्षेत्रीय समिती (बु.उल.ख्यङ.)ले कान्दा रुपान्तरणको लागी गर्ने भनेको सहयोग रकम रु ४१६५०(एकचालीस हजार छ सय पचास ) हस्तान्तरण गरेको छ ।  मङ्सिर २६ गते लक्ष्मी प्रस्तिस्ठानले  निर्माण सामाग्री, खाध्यान्न तथा लत्ताकपडा लिएर चेपाङ गाउँ लोथरको कान्दा जान लाग्नु भएका संस्थाका अध्यक्ष बिष्णु गौतमको साथमा गएर लगभग ६० जना चेपाङहरुको बीचमा एक कार्यक्रम गरिएको थियो । उक्त रकम कोरियबाट फर्किनु भएका एन आर एन कोरियाको क्षेत्रीय कमिटिको अध्यक्ष दिपक राज गिरिले हस्तान्तरण गर्नु भएको थियो भने साथमा एन आर एन कोरिया क्षेत्रीय कमिटिको पुर्ब अध्यक्ष  मधु सुदन महत र एन आर एन कोरियाको पुर्ब सदस्य  यवम पत्रकार  निर्मल थपलिया नारायण को सहभागिता थियो ।  ६ घन्टाको बाटो हिडेर भोकै समान लिन आएका चेपाङहरुलाई बिच बाटोमा चिउरा दालमोठको ब्यबस्था गरिएको थियो ।   केहीले घरमा बिहान स्कुसको जरा खाएर आएको बताए । धेरै चेपाङहरुले घर छाउनको लागि अध्यक्ष ज्यु को भर परेको कुरा सुनाए । कान्दा चेपाङ गाउँमा सबै घरमा सोलार बत्ती बलिसकेको खुसी ब्यक्त गर्न भ्याएका चेपाङहरु अहिले छात्राबास निर्माणमा अहोरात्र खटिरहेका छन ।  निकट भबिश्यमा पर्यटकिय होम स्टे को रूपमा बिकास गर्ने लक्ष लिएको कान्दामा सम्पुर्ण चेपाङ्हरु आत्मबिर्भर हुने तयारीमा छन । बिगत दुई बर्षमा धेरै परिबर्तन भइ सकेको कान्दा अबको दुई बर्षमा सोच्च नसकेको परिवर्तन गरि देखाउने कुरा अध्यक्ष बिष्णु गौतम बताउनु हुन्छ ।

केही समय अगाडी द कोरियाबाट फर्केका निर्मल थपलिया नारायणले पुर्ण एक चेपाङ घर को लागि सहयोग रकम  रु १ लाख ५ हजार  लक्ष्मी प्रतिश्ठानको कार्यलयमा  अध्यक्ष बिष्णु गौतम र संरक्षक लक्ष्मी गौतम लाई हस्तान्तरण गरिएको थियो ।