धादिङ मार्पाकका भामि अधिकारीहरुको भेला सम्पन्न

940 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थामि गोत्रका रणमेहर अधिकारी समाज सेवा धादिङको साँतौ साधारण सभा काठमाण्डौंको बालाजुमा सम्पन्न भएको छ । अधिकारीहरुको हक हितको लागि काम गर्ने उद्देश्यले स्थापना गरीएको अधिकारी समाज सेवा धादिङले विगत देखी नै विविध कार्यक्रम सन्चालन गर्दै आईरहेको छ । पुर्व मेजर विष्णु बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा जेष्ठ नागरीक तेज बहादुर अधिकरीको प्रमुख आतिथ्य थियो भने शेर बहादुर अधिकरीको विषेश आतिथ्य रहेको थियो । साधारण सभामा मार्पाक घरभई हाल कामाठमाण्डौंमा बस्दै आउनु भएको अधिकारीहरुको सहभागिता रहेको थियो । यसैगरी साधारण सभामा तीन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मान हुनेहरुमा शेर बहादुर अधिकारी र तेजबहादुर अधिकारी रहनुभएको थियो । यसैगरी वि.स. २०७० सालको प्रवेशिका परिक्षामा उत्कृष्ठ अंक ल्याउने निर्मल अधिकारीलाई चन्द्रबुना छात्राबृत्ति अक्षयकोषबाट नगर रु ५ हजारबाट सम्मान गरिएको थियो । विविध सांस्कृतिक कार्यक्रमको साथ सातौँ अधिवेशन सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।