ककनी घोषणापत्र जारी गर्दै प्रेस चौतारीको बाग्मती बैठक सम्पन्न

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट, – दुई दिनसम्म चलेको प्रेस चौतारी नेपाल बागमती अञ्चल कमिटीको विस्तारित बैठक मंगलबार नुवाकोटको पर्यटकीयस्थल ककनीमा सम्पन्न भएको छ ।
बैठकले ६ बुँदे ककनी घोषणा पत्र समेत जारी गरेको छ । ककनी घोषणा पत्रमा राजनीतिक दलहरूलाई निर्धारित समयमा सहमतिमा या नभए प्रक्रियामा गएर भए पनि पूर्ण प्रेस स्वतन्त्रतासहितको जनपक्षीय संविधान जारी गर्न माग गरिएको छ भने श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चार गृहहरूलाई आग्रह गरिएको छ ।
पत्रकारले पाउनु पर्ने सुविधा दिन आनाकानी गर्ने सञ्चारसंस्थाहरूलाई अनुगमन गरी श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन राज्यका निकायसँग अपिल तथा मोफसलका सञ्चारकर्मीहरूको समस्या समाधानका लागि राज्य तथा सञ्चारगृहहरूसँग माग समेत गरिएको छ ।

DSC_0144बैठकले आफ्ना संगठनका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिममूलक कार्यक्रम सञ्चालन, सदस्यता अभिवृद्धि, संगठन सुदृढिकरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाउँदै ,नुवाकोटको पर्यटकीयस्थल ककनीलाई देशकै पर्यटकीय गन्तव्य बनाउन, ऐतिहासिक महत्व बोकेको ककनीको प्रचारप्रसार गर्न तथा नुवाकोटलाई नै पर्यटकीय जिल्लाका रुपमा चिनाउन विभिन्न पर्यटन प्रवद्र्धन र पूर्वाधारको कार्यक्रम बनाउनसमेत गरेको छ । Onlayn kazino siyahısı Azərbaycan Azərbaycanın ən yaxşı onlayn kazinolarının siyahısı Mən bu onlayn kazinoları tövsiyə edirəm
अञ्चल अध्यक्ष विष्णु तारुकेको अध्यक्षतामा भएको बैठकमा संगठनका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, उपाध्यक्ष उपेन्द्र केसी, महासचिव माधव नेपाल, सचिव रामकुमार एलन, बागमती इन्चार्ज तथा केन्द्रीय सदस्य केशव अधिकारीको उपस्थिति थियो ।