कास्कीमा लेप्टोस्पाइरोसिस् रोग भेट्टियो

430 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कास्कीमा लेप्टोस्पाइरोसिस् नामक रोग देखा परेको एक अनुसन्धानले देखाएको छ । कास्कीमा डा. मिलन गौतमको संयोजकत्वमा एक अनुसन्धान टोलीले उक्त कुरा पत्ता गराएको हो । ‘यो रोग पशुवाट मान्छेमा तथा मान्छेबाट पशुमा सर्न सक्छ ।’ उनले भने,‘ ज्वरो आउने, टाउको र शरिर दुख्ने समस्या देखिएमा लेप्टोस्पाइरोसिस् रोगको उच्च जोखिम हुने भएकाले अनुसन्धान गरेका हौं ।’ अनुसन्धानले त्यस्ता रोगका लक्षण देखापरेमा भेटेनरी तथा चिकित्सकको सयुक्त टिमले उपचार गर्न उपयुक्त हुने बताइएको छ ।

यस्ता प्रकारका लक्षण देखा परेमा चिकित्सकहरुले लेप्टोस्पाइरोसिस् हुन सक्ने भनेर सावधानी अपनाउनुपर्ने बताए । अनुसन्धानको लागि वल्र्ड बैंक, मासे युनिर्भसिटी र एभियन एण्ड ह्युमन एन्फ्लुन्जाले सहयोग गरेको गरिएको चेष्ट नेपाल कास्कीका संयोजक दुर्गाप्रसाद अधिकारीले बताए । अनुसन्धानको लागि संयोजनकारी भूमिका भने चेष्ट नेपाल कास्कीले गरेको थियो ।

‘ज्वरो आउने, टाउको दुख्ने र शरिर दुख्ने विरामीमा गरिएको अनुसन्धानले कास्कीमा २० थरिका लेप्टोस्पाइरोसिस् रोग भेटिएको अनुसन्धानले देखाएको छ । संसारमा यो रोग २ सय बढि प्रकार रहेको अनुसन्धानकर्ताको भनाई छ । यो रोग रेविज, वर्डफ्लु जस्तै हो । यो रोग विशेष गरी पानीबाट सर्ने गर्छ ।’

अनुसन्धानको क्रममा १८ बर्ष माथिका २९५ जना विरामीको रगतको नमुना लिइएको उनले बताए । जस माध्य दोस्रो चरणमा २ सय ४१ जना मानिस र उनीहरुको घर पालुवा पशुको रगतको नमुना लेप्टोस्पाइरोसिस्को लागि परिक्षण गरिएको थियो । रगतको नमुना अस्टे«लियाको व्रिजवेन लेप्टोस्पाइरोसिस् रेफेरेन्स ल्यापमा ल्यावमा परिक्षण गरिएको थियो । परिक्षणबाट प्रारम्भीक नतिजा मात्र आएको उनले बताए ।

परिक्षणबाट २० थरीका लेप्टोस्पाइरोसिस् रोगका प्रकार फेला परेको थियो । त्यस्तै मान्छेमा ९ प्रकारको र पशुमा १६ प्रकारको रहेको उनले जानकारी दिए । कास्कीमा धेरै जसो पुश र मान्छेमो ‘मिनिसारी’ नामक प्रकारको लेप्टोस्पाइरोसिस् पाईएको उनले खुलासा गरे । अनुसन्धानमा ११ वटा स्वास्थ्य सस्थामा ज्वरो आउने, टाउको दुख्ने र शरिर दुख्ने विरामीको रगतको नमुना संकलनको गर्न अनुरोध गरिएको थियो । तिमध्ये ६ वटा स्वास्थ्य सस्थाले मात्रै विवरण उपलब्ध गराएका थिए ।