राष्ट्रिय कृषक समुह महासंघको भेला सम्पन्न

493 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राष्ट्रिय कृषक समुह महासंघ धादिङको प्रथम जिल्ला अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ । साथै महासंघले सामाजीक लेखाजोखा पनि सम्पन्न गरेको छ । कार्यक्रममा राजनीतिक दलका प्रमुख एंव प्रतिनिधि,संघ–संस्थाका प्रतिनिधि लगायत राष्ट्रिय कृषक सुह महासंघमा आवद्ध सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ धादिङले गरेका वार्षिक गतिविधी र आगामी कार्य योजनाका विषयमा जानकारी गराईएको थियो । गाविस अनुदान निर्देशिका २०६८ ले कृषि क्षेत्रमा अनुदान दिएको रकम कम्तीमा १५ प्रतिशत कार्यन्वयन गराऊने काममा महासंघ सफल भएको छ ।