पेट्रोलियम पदार्थको मुल्य घट्यो

545 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजनको लागि निगमले मूल्य घटाएको जनाएको छ । आयगल निगमले पट्रोलमा सात र र डिजेलमा साढे ७ रुपैयाँ घटाएको छ । यसअघि पेट्रोलको मूल्य काठमाडौंमा एक सय २३ र डिजलको मूल्य ९७ रुपैयाँ पचास पैसा थियो । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर एकसय १६ र डिजल ९२ रुपैयाँमा बिक्री हुनेछ । निगमले हवाई ईन्धनमा प्रतिलिटर १० रुपैया घटाएको छ । यअसघि हवाई ईन्धनको मूल्य एक सय ४३ रुपैयाँ थियो । निगमले अन्तर्राष्ट्रिय बजार अनुसार हरेक १५ दिनमा मूल्य समायोजन गर्ने भने पनि केही हप्तादेखि मूल्य नघटाएकोभन्दै आलोचना भइरहेको थियो ।