सावधान ! फ्रुटी नखानुस् : भेटियो अल्कोहल

500 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मोरङको बेलबारी ३ स्थित एक होटलमा फ्रुटी खाँदा एक बालक बिरामी परेका छन् रातो पाटी डट कम अनलाईनले खबर लेखेको छ । 

स्थानीय पाँचथरे माईलाको होटलमा म्याङ्गो फ्रुटी किनेर खाँदा चन्द्र भण्डारीका छोरा १८ महिनाका संगम भण्डारी बिरामी परेका हुन् ।

बालकले फ्रुटी निल्न नमानेपछि उनका बाबु चन्द्रले फ्रुटी चाख्दा अल्कोहल भएको स्वाद थाहा पाएपछि त्रसित भएका थिए । फ्रुटीमा अल्कोहल भेटिएपछि उनिहरुले बेलबारी ब्यापार प्रबन्ध समितिलाई खबर गरेका थिए ।

ब्यापार प्रबन्ध समितिका प्रतिनिधि आएर बुझ्दा अल्कोहल मिसावट भएको भेटेपछि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई बोलाएका थिए । 
खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक भरत बहादुर पुरी र बाणिज्य कार्यालयका नयराज नेपाल र कुमार दहालको टोलीले मिसावट भएको भनिएको फ्रुटीको नमुना सङ्कलन गरी परीक्षणकालागि बिराटनगर लगेका छन् । 

दुगड फुड एण्ड विभरेज प्रा.लि सतुङ्गल, काठमाण्डौंले उत्पादन गरेको म्याङ्गो फ्रुटीमा अल्कोहलको मिसावट पाईएको हो ।

प्रहरी प्रसाशनले कारबाही गर्न नमिल्ने बिषय भएकाले खाद्य तथा गुण नियन्त्रण कार्यालयले यसको टुङ्गो लगाउने ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दुर्गा दहालले बताए । 

frutiयसैबिच अखाद्य पदार्थ मिसावट गर्ने उत्पादक कम्पनीलाई कडा कारबाही गरिनुपर्ने ब्यापार प्रबन्ध समिति बेलबारीका महासचिव राजेशजंग कार्कीले बताए । 

फ्रुटी खाएर बिरामी पर्ने बालक संगम स्थानीय क्लिनिकमा उपचारपछि घर फर्केका छन् । 
नियमनकारी निकाय खाद्य तथा गुण नियन्त्रण कार्यालय र बाणिज्य कार्यालयका प्रतिनिधिले प्रयोगशाला परीक्षण गर्दा फ्रुटीमा अखाद्य पदार्थ मिसावट भएको प्रमाणित भए एक हजारदेखि दुई हजार रुपैयाँसम्म जरिवाना हुने बताए । 

खाद्य पदार्थमा मिसावट गर्ने जस्तो गम्भीर अपराध गर्नेलाई कानुनमा अति कम सजायको ब्यवस्था गरिएको भन्दै उपभोक्ताले आक्रोश ब्यक्त गरेका छन् । 

फ्रुटीमा मिसावट भएको नमुनाको प्रयोगशाला परीक्षणको नतिजा दुई दिन भित्र आउने खाद्य निरीक्षक भरत बहादुर पुरीले बताए ।