चेपाङ्ग बालबालिकालाई स्विटर तथा स्टेसनरी समान वितरण 

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

brussbaang 1231 - Copyमहादेवस्थान – चिसोमा न्यानो हुने एक सरो कपडा नभएकै कारण दैनिक बिद्यालय आउन नसकिरहेका चेपाङ वालवालिकालाई स्विटर वितरण गरिएको छ । दक्षिणी धादिङको अति विकटमा रहेको महादेवस्थान गाविसको ब्रुसबाङ गाउंका अति विपन्न १२ जना चेपाङ वालवालिकालाई एक एक वटा स्विटर र पाठ्यसामाग्री वितरण गरिएको हो ।
दुई बर्ष दक्षिण कोरियामा रोजगारी गरेर हालसालै गाउं फर्कनु भएका धादिङ मलेखुका निर्मल थपलियाले ब्रुसबाङका चेपाङ वालवालिकालाई सहयोग गर्नुभएको हो । चिसो बढ्दै गएपछि न्यानो कपडाको अभावले ब्रुसबाङका चेपाङ वालवालिका बिद्यालय आउन छाडेको खबर सुनेपछि ति वालवालिकालाई केही सहगोग गर्ने इच्छाले वालवालिकालाई सहयोग गरेको थपलियाले वताउनु भयो ।
गाउं नजिकै बिद्यालय नभएका कारण एक बर्ष अघि सम्म ब्रुसबाङका वालवालिका पढ्नका लागि तीन घण्टाको वाटो हिडेर चोतेस पुग्नुपर्ने वाध्यता रहेकोमा एक बर्ष अघि देखि गाउंमा प्रारम्भिक शिक्षाका लागि जिल्ला शिक्षा कार्यालय धादिङको सहयोगमा वालविकास केन्द्र स्थापना गरी उनिहरुको पठन पाठनको व्यवस्था मिलाईएको थियो । ब्रुसबाङ गाउंवाट बिहानै हिडेका चेपाङ वालवालिका महादेवस्थान गाविसको वडा नम्बर ४ मा रहेको गौरीशंकर सहकारी भवनमा दिउंसो १२ बजेतिर आइपुगेका थिए । पातलो एक सरो कपडाको भरमा पुसको चिसो कटाईरहेका बालबालिकालाई थपलियाले १२ थान स्विटर,१२ दर्जन कपि र ६ दर्जन पेन्सिल,६ दर्जन एरेजर निजी खर्चवाट खरिद गरि वितरण गर्नु भएको हो ।
थपलियाले सहयोग लिनका लागि आएका वालवालिका, तिनका शिक्षक र अभिभावकलाई आफ्नै खर्चमा खाजा समेत खुवाउनु भएको थियो । सहयोग वितरण कार्यक्रममा नेपाल चेपांङ संघका केन्द्रिय सदस्य तिलक चेपांङ, बाल बिकास ब्रुसबाङ शिक्षक शेर बहादुर चेपांङ लगायतको उपस्थिती रहेको थियो ।
दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरुको सहयोग र थपलियाको पहलमा तीन बर्ष देखि ब्रुसबाङका चेपाङ समुदाय र तिनका वालवालिकालाई विभिन्न किसिमका सहयोग वितरण हुंदै आईरहेको छ । जिल्लाकै बिकटमा रहेको ब्रुसबाङका वारेमा विभिन्न संचारमाध्यमले समाचार वाहिर ल्याएपछि सरकारी तथा गैरसरकारी निकायको ध्यान यस गाउंमा पर्न थालेको हो ।