नवोदित पप गायिका आस्था राउतले  तताइन धादिङबेसी

805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0184धादिङ,९ पुस- नवोदित पप गायिका आस्था राउतले धादिङबेसीका दर्शकलाई आफ्ना बिभिन्न गीतमा नचाईन । दिन ढल्किंदै गएपनि महोत्सवमा गायिका राउत आउने हल्लाले दिउंसैदेखि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । धादिङको सदरमुकाम धादिङबेसीमा जारी ‘मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव–२०७१’को तेश्रो दिनकी प्रमुख आर्कषक बनेकी चर्चित एवं युवापुस्ताकी ढुकढुकी गायिका राउतले साँझको चिसोमा नचाउर्दै बिभिन्न आधादर्जन बढि गीतमार्फत धादिङबासी दर्शकलाई भरपूर्ण मनोरन्जन दिएकी थिईन ।
लोकप्रिय जनगायक जिवन शर्माले र चर्चित दोहोरी गायिका पूर्णकला विसी पछि आस्थाले स्टेज पाएकि थिईन । कार्यक्रमको अन्तिममा स्टेजमा उक्लिएकी गायिका राउतले रमाईलो शैलीमा दर्शकलाई सम्बोधन गर्दै झम्के बुलाकी भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती शुरु गरेकि थिईन । करिब एक घण्टाको समयमा आफ्नै एल्बम आधारका चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा, माया यो माया संगै, सालको पात गासेर लगायतका गित प्रस्तुत गरेकी थिईन ।
आस्था भन्दा पहिले लोकगायक जिवन शर्माले सिमली छाँया,फोक्ल्याण्डको टापुबाट लगायतका चर्चित प्रगतिशिल गितहरुमार्फत मनोरञ्जन दिएका थिए । दर्शकको एकपछि अर्को हुटिगंले गायिका राउतलाई पनि उत्साहित वनाएको थियो । एकपछि अर्को गीत गाउदैँ जादा दिन ढलेर चीसो बढ्दै गएको दर्शले मतलव नै गरेका थिएनन । आस्थाले स्टेजमा गीत गाईरहदा सबै उमेर समुहका दर्शक नाचिरेहका थिए ।
पुस ७ गते सोमवारवाट शुरु भएको ‘मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव पुस १७ गते सम्म संचालन हुने छ । महोत्सवको दोश्रो दिन चर्चित लोक गायक पशुपति शर्माका साथै गायिका राधिका हमाल र हेमन्त शर्माको प्रस्तुति रहेको थियो । महात्सवमा स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहँदै आएको छ । यसैक्रममा चार बर्षिया संज्ञा दुवाडी आम दर्शकको मन जित्न सफल भएकी छिन । बुधवार संज्ञाले पटक पटक स्टेजमा आफ्नो नृत्य देखाएकी थिईन । आस्था राउतको पटुकी बाँध्याछैन भन्दैमा भन्ने गितमा पनि संज्ञा आस्था संगै नाचेकी थिइन । तेश्रो दिन सम्ममा पच्च्सि हजार दर्शकले महोत्सव अवलोकन गर्नुका साथै करिव एक करोड वराबरको कारोवार भएको महोत्सव सचिवालयका प्रमुख रोहित भण्डारीले जानकारी दिनुभयो । बिहीवार चर्चित गायक राजु गुरुङ,शिव परियार र हांस्यकलाकार बल्छी धुव्रे,राजु मास्टर लगायतका कलाकारको प्रस्तुती रहने वताईएको छ ।