आवधिक जिल्ला विकास योजनाको लागि राय, सुझाव पठाउने सम्बन्धी सूचना

693 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ddc dhadingजिल्ला विकास समितिको कार्यालय, धादिङको अत्यन्त जरुरी सूचना
धादिङ जिल्लाको ५ वर्षे आवधिक जिल्ला विकास योजना तर्जुमा गर्ने कार्य भईरहेको छ । जिल्लाको सम्भावनालाई समृद्धिमा रुपान्तरण गर्न स्पष्ट दीर्घकालीन सोंच बनाउने यो आवधिक योजनाको उद्देश्य रहेको छ ।
जिल्लाको आवधिक योजनामा समावेस गर्न देहायका बिषयहरुमा केन्द्रित रही सम्पूर्ण जिल्लाबासी, संघ संस्था तथा सरोकार राख्ने निकायको धारणा, विचार तथा चाहनाको जिल्ला विकास समितिले अपेक्षा राखेको छ ।
ड्ड जिल्लाको सम्भावनालाई सम्बृद्धिमा रुपान्तरण गर्न जिल्लाको दिर्घकालिन दृष्ट्किोण (ख्ष्कष्यल) कस्तो बनाउनुपर्ने ।
ड्ड जिल्लामा क्षेत्रगत (आर्थिक, सामाजिक, पूर्वाधार, संस्थागत, वातावरण र विपद) विकासका समस्या तथा अवरोधहरु के कस्ता छन र जिल्लाले कुन क्षेत्रलाई कसरी प्राथमिकता दिनुपर्दछ ।
ड्ड जिल्लामा विकासको लाभबाट पछि परेका जाति, समुदाय, लिङ्ग तथा क्षेत्रको लागि आवधिक योजनाले कसरी सम्बोधन गर्नसक्दछ ।

यी लगायतका आवधिक जिल्ला विकास योजनामा समावेस गर्नुपर्ने कुनैपनि विषयमा राय, सुझाव, विचार तथा दृट्रिकोण यही मिति २०७१ पौष २२ गते भित्र जिल्ला विकास समितिको कार्यालय, धादिङमा आईपुग्ने गरी पत्र वा इमेल [email protected], , वा फ्याक्स (०१०–५२०६२७) वा स्वयं आफै उपस्थित भई पेश गर्नुहुन सम्पूर्ण जिल्लावासी तथा सरोकार निकाय, ब्यक्ति तथा संघ संस्थाहरुमा अनुरोध गरिन्छ ।

रुद्रसिंह तामाङ
स्थानीय विकास अधिकारी