उत्तरी धादिङको कटुञ्जेमा दुई बालकको रहस्यमय मृत्यु

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उत्तरी धादिङको कटुञ्जेमा २ जना बालकको रहस्यमय मृत्यु भएको छ । झिंङ्गा मार्ने विष सेवन गरी मृत्यु भएको भनिएपनि रहस्यमय मृत्यु भएको भन्दै मृतकका परिवारले घट्नाको सत्य तथ्य बुझ्नको लागि जिल्ला प्रहरी कार्यलय धादिङलाई आग्रह गरेका छन् । बुधबार उनीहरुले जिल्ला प्रहरी कार्यलय धादिङमा आएर विष सेवनबाट मृत्यु नभई कसैले हत्या गरेको भन्दै घट्नाको बारेमा अनुसन्धान गर्न आग्रह गरेका हुन् । कटुञ्जे गाविस वडा नम्बर ७ का ५ वर्षिय एलिना वि.क. र रञ्जिता वि.कको मृत्यु भएको हो । अचेत अवस्थमा भेटिएका बालिकाहरुको अपचारको लागि जिल्ला अस्पता धादिङ ल्याइदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।