कृषि अनुदान लिन साढे १८ हजारको आवेदन

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

agreecultureकाठमाडौं । तरकारी उत्पादनमा सरकारले घोषणा गरेको ४० हजारदेखि ६० हजार रुपैयाँसम्मको अनुदान लिन देशभरका साढे १८ हजार किसानले आवेदन दिएका छन ।

सरकारले युवा पलायन रोक्न पशुपञ्छीपालन, माछापालन, तरकारी खेती, च्याउखेतीलगायतका कृषि उत्पादन गर्न अनुदानको घोषणा गरेको छ ।

सरकारले आठ अजार युवालाई अनुदान दिनसक्ने घोषणा गरेको थियो । तर, सरकारी कोटाभन्दा दोब्बर बढी आवेदन परेको हो ।

अनुदानका लागि परेका आवेदनमध्ये ४० जिल्लाका पैस्तावमाथि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयले गत आर्थिक वर्षदेखि युवा लक्षित कार्यक्रमलाई विषेश प्राथमिकतामा राखेको हो । चालू आवमा मन्त्रालयले २३ अर्ब २८ करोड ३१ लाख बजेट विनियोजन गरेको छ । केन्द्र र जिल्लास्तरमा ४५ आयोजना सञ्चालनमा रहेको कारोवार  दैनिकमा खबर छ ।