प्रमोदले नचाए, निर आलेले हंसाए

1045 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,११ पुस – नेपालका चर्चित आधुनिक गायक प्रमोद खरेल र चकलेटी गायिका सम्झना लामिछाने मगर र नक्कली तक्मे वुढाले शुक्रवार धादिङवासीलाई भरपुर मनोरञ्जन दिएका छन ।
DSC_0827धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी रहेको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको पांचौ दिन शुक्रवार ‘लागि लागि तिम्रै लागि, डुवायो पापी मायाले, म बिना कसै कसैलार्ई, हंगामा भो, हे माया, मेरो देश प्यारो नेपाल ’ लगायतका करिव एक दर्जन चर्चित गीत गाउँदै गायक प्रमोद खरेलले दर्शकलाई उफ्री उफ्री नचाएका थिए । समय सकिदा पनि दर्शकहरुले सङ्गीतमा झुमिदै फेरि अर्को भन्न छाडेका थिएनन ।
खरेलको प्रस्तुती भन्दा पहिले स्टेजमा देखिएका नक्कली तक्मे बुढाले पनि हास्य कलाकार विल्सन बिक्रम राई (DSC_0737तक्मे बुढो)को हाउभाउ र वोलीले दर्शकलाई मनोरञ्जन दिएका थिए । झट्ट हेर्दा तक्मे बुढोको लवाई र वोलीमा स्टेजमा देखिएका आलेलाई दर्शकले सांच्चिकै तक्मेबुढा ठानेका थिए । तक्मे बुढाको अभिनय गरेर स्टेजवाट निस्कने वेलामा तक्मे बुढाको जोडी माग्ने बुढाको आवाज निकाल्दै गित गाएका थिए । सबै अभिनय सकेर निस्कने वेलामा मात्र तक्मे बुढा बनेका निर आले भएको र उनी नक्कली तक्मे बनेर खेलेको कार्यक्रम संचालकले दर्शकलाई बताएका थिए । आलेले यस अघि हांस्यव्यग्ंयले भरिएको ‘ए वाउ किन्देउन भटभटे’ वोलको हांस्यव्यंग्य गित र नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा चकलेटी लोक गायिका सम्झना लामिछाने मगरको गितमा पनि दर्शकहरु उफ्रि उफ्रि नाचेका थिए । उनको प्रस्तुतीलाई मन पराउंदै दर्शकहरु नाच्दै स्टेजतर्फ उक्लिन खोजेपछि उनि आँफै मैदानमा झरेर दर्शकहरुसंग नाचेकी थिइन । यसैगरी अर्का लोक गायक विरु लामाका साथै स्थानीय कलाकारहरुले पनि कार्यक्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
खरेलले उपस्थित हजारौं दर्शकलाई असिनपसिन हुने गरी नचाएका थिए । सांझ ढल्किंदै जांदा बढ्दै गएको चिसोको समेत कुनै पर्वाह नगरी प्रमोदका हरेक गितमा दर्शकहरुको उत्साह थामि नसक्नु भएको थियो । पुस ७ गते देखि शुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सव पुस १७ गते सम्म संचालन हुने छ ।