भाइबरको पनि गेम

716 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं –भाइबरले आफ्ना चर्चित स्टिकरलाई पात्र बनाएर गेम सिरिज घोषणा गरेको छ । भाइबरले गेम डेभलपर स्टेर्मड र प्लेटिकासँग मिलेर गेम बनाएको हो ।यसले भाइबरमा प्रयोगकर्ताको अन्तक्रिर्या बनाउने कम्पनीको योजना छ । 524c49744910c7a9106d4c6a5748b8eb_Lभाइबर गेम तत्कालका लागि रूस, मलेसिया, इजरायल, सिंगापुर र युक्रेनमा मात्रै सीमित हुनेछ भने अर्को वर्षसम्ममा सबै प्रयोगकर्तासमक्ष पुर्‍याउने लक्ष्य छ । भाइबरको गेम गुगल प्ले स्टेर र एप्पल स्टोरमा निःशुल्क डाउनलोड गर्न मिल्ने सुविधाका हुनेछन् । भाइबरले आफ्ना प्रतिस्पर्धी लाइन र वीच्याटजस्तै आम्दानी बढाउने योजनामा गेम सिरिज ल्याएको जानकारहरूको विश्लेषण छ । भाइबरले केही अघि मात्रै आफ्नो प्लेटर्फममा भिडियो कल र पब्लिक च्याटको सुविधा थपेको हो ।