धादिङ महोत्सवमा अवलोकनकर्ता बढ्दै

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0006 - Copy copyधादिङबेसी– धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा दिनप्रतिदिन अवलोकनकर्ताहरुको संख्या बढदै गएको छ । महोत्सव शुरु भएको छैटौं दिन सम्ममा ५० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन ।
शनिवार सम्म ५३ हजार दर्शकले महोत्सव अवलोकन गरेको महोत्सव आयोजक संस्था धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । शनिवार पनि अवलोकनकर्ताको निकै घुईचो लागेको थियो । महोत्सवमा बिशेष गरी अवलोकनकर्ताहरुको चासो साँस्कृतिक कार्यक्रममा पर्ने गरेको छ । पुस ७ गते उदघाटन भई १७ गते सम्म संचालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले गीत ,नृत्य तथा अभियन प्रस्तुत गरेका छन ।
शनिवार चर्चित हांस्यव्यंग्यकार शैलेन्द्र सिम्खडा,लोक गायक पुष्कल शर्मा,एक खुट्टाले नाचेर चर्चा कमाएकी रोमा न्यौपाने,पप गायक कमलके क्षेत्री,लोक गायक नविन खडकाका साथै म्हेन्दोमाया समुहका मिना लामा,सुमन घले,जिवन घलेले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । त्यसैगरी स्टेप अफ डान्स एकेडेमीका कलाकारहरुले आ–आफनो प्रस्तुती देखाएका थिए । महोत्सवमा यस अघि पशुपति शर्मा,राधिका हमाल,हेमन्त शर्मा,पुर्णकला विसी,आस्था राउत,वद्री पंगेनी,जिवन शर्मा,राजु गुरुङ,शिव परियार बल्छी ध्रुवे,राजु मास्टर लगायतका राष्ट्रिय तहमा ख्याती कमाएका अन्य कलाकारहरुका साथै स्थानीय कलाकारहरुको प्रतिभा प्रस्तुत भईसकेको महोत्सव सांस्कृतिक उप समितिका संयोजक अशोक वस्नेतले वताउनु भयो । आईतवार चर्चित आधुनिक लोक गायक रामकृष्ण ढकाल,हास्यव्यंग्य कलाकारहरु पांडे र जिग्रिका साथै अन्य कलाकारहरको प्रस्तुती रहने वताईएको छ ।
‘घरेलु उद्योग,कृषि,जलश्रोत,पर्यटन प्रवद्र्धन,आर्थिक सम्बृद्धि हाम्रो अभियान’ भन्ने नारासहित धादिङ उद्योग वाणिज्य संघको आयोजनामा जारी महोत्सवले जिल्लाको आर्थिक विकासमा सघाउ पुग्ने महात्सव मुल आयोजक समितिका संयोजक एवम धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले बताउनु भयो ।
महोत्सवमा कृषिजन्य, दुग्धजन्य, हस्तकला, खाद्यान्न, सूचना प्रविधि, बैंक तथा बित्तिय संस्था, जुत्ता–चप्पल, फर्निचर,बेकरी, होटल तथा रेस्टुरेन्ट, हर्बल, प्लास्टिक लगायतले सहभागिता जनाएका छन । महोत्सव पुस १७ गते सम्म सम्म चल्नेछ । अहिले सम्म महोत्सवबाट ५ करोडको आर्थिक कारोवार भएको महोत्सव सचिवालय प्रमुख रोहित भण्डारीले जानकारी दिनु भयो । महोत्सवको पुस ७ गते पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुभएको थियो ।