कुकुरसँग जम्प

608 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

qqएजेन्सी/ रमाइलोका लागि जोखिमपूर्ण काम गर्ने मानिसको कमी संसारमा छैन । मनोरञ्जन लिन अग्लो भवनबाट फाल हान्ने, अग्लो भवनलाई टेको बनाएर बाँधिएको डोरीमा हिँड्ने गरेको देखिँदै अथवा सुनिँदै आएको छ ।

स्पेनिस आर्मीका दुई जवान यस्तै एडभेन्चर लभर छन् । तालिमका क्रममा साहसीपूर्ण काम गर्न उनीहरू असाध्यै रुचाउँछन् । ती जवानले विमानबाट कुकुरसहित फाल हानेर साहस प्रदर्शन गरेका छन् । ती जवानले १० हजार फिट माथिबाट कुकुरसँग फाल हानेका छन् ।

यसरी फाल हान्नु तालिमको एउटा हिस्सा भए पनि फाल हान्दा आफूले खुब ‘इन्जोय’ गरेको उनले बताएका छन् । यसअघि कुकुरसँग त्यति अग्लो ठाउँबाट कसैले फाल हानेको थिएन ।

युरोपेली राष्ट्र नर्बेमा रहेको एउटा मिलिट्री ट्रेनिङ सेन्टरले प्रदान गर्ने तालिममा ती जवानले यसरी फाल हानेका हुन् । यस ट्रेनिङ सेन्टरमा तालिम लिइरहेको सेनाको एउटा स्पेसल फोर्समा दुई कुकुरलाई पनि भर्ती गरिएको छ । यसक्रममा ती कुकुरसँग स्पेनिस आर्मीका दुई जवानले दश हजार फिट अग्लो ठाउँबाट ‘प्यारासुट फ्रिफल जम्प’ हानेका हुन् ।

फाल हान्दा कुकुरलाई कुनै चोट नलागेको र कुकुर तथा सैनिक दुवैको अवस्था ठीक भएको बताइएको छ । यी कुकुरलाई विस्फोटक पदार्थ सुँघेर पत्ता लगाउनेलगायत विभिन्न खालका तालिम दिइएको छ ।