७२ घण्टामा १२ किसानले आत्महत्या गरे

587 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नागपुर(भारत) / भारतको महाराष्ट्र राज्यमा विगत ७२ घण्टा अर्थात तीन दिनको अवधीमा १२ किसानले आत्म हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

Commit-Suicide-300x225

यो महिनामा मात्र ५२ जना किसानले आफ्नो ज्यान लिएका छन् । बर्षभरीमा ६ सयभन्दा बढीले आफ्नो ज्यान लिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार सन २००५ देखि १० हजारभन्दा बढी किसानले बिभिन्न बाली बिग्रेको भन्दै आफ्नो ज्यान गुमाइसकेका छन् । ऋण लिएर कपासको खेती गरेपनि उत्पादन नआउदा उनीहरुले आत्महत्या गरेका हुन । ऋण तिर्न नसकेपछि तथा राज्यले समेत कुनै चासो नदेखाएपनि उनीहरुले आत्महत्या गर्न बाध्य भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ न्यूज एग्रो डट कमले  खबर लेखेको छ ।।


महाराष्ट्रको विदर्भमा ७२ घण्टा भित्र १२ किसानले आत्म हत्या गरेको समाचारमा जनाइएको छ । कपास खेति नष्ट भएको भन्दै किसानहरुले पीडामा आत्महत्या गरेको बताएको छ । कपास खेती गर्ने ती किसानहरुले एक पछि अर्को गर्दै आत्महत्या गरेका हुन् । किसान आन्दोलनका प्रमुख किशोर तिवारीले आत्म हत्याको पुष्टी गरेका छन् ।

महाराष्ट्र विधानसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीले किसानको आत्महत्याका लागि कांग्रेसको गठबन्धनमाथि दोषारोपण गरेका थिए । तर मोदीकै प्रधानमन्त्रीत्वमा समेत आत्महत्याको क्रम भने रोकिएको छैन ।

१ महिनामा उक्त क्षेत्रमा ५२ जना किसानले आत्महत्या गरेको बताइएको छ । यो महिनामा मात्र ५२ जना किसानले आफ्नो ज्यान लिएका छन् । बर्षभरीमा ६ सयभन्दा बढीले आफ्नो ज्यान लिएका छन् । भारतीय संचारमाध्यमहरुका अनुसार सन २००५ देखि १० हजारभन्दा बढी किसानले बिभिन्न बाली बिग्रेको भन्दै आफ्नो ज्यान गुमाइसकेका छन् ।

ऋण लिएर कपासको खेती गरेपनि उत्पादन नआउदा उनीहरुले आत्महत्या गरेका हुन । ऋण तिर्न नसकेपछि तथा राज्यले समेत कुनै चासो नदेखाएपनि उनीहरुले आत्महत्या गर्न बाध्य भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

पानी परेर कपासको बोटले उत्पादन दिन नसकेको बताइएको छ । किसानहरुले किटनाशक औषधी खाएर, झुण्डेर तथा विभिन्न नदी तथा इनारमा हाम फालेर आत्महत्या गरेका छन् ।

भारतमा किसानको आत्महत्या दर डरलाग्दो स्तरमा रहेको छ । आत्म हत्या गर्ने सबै किसान महाराष्ट्र को पश्चिमी बिदर्भको भएको बताइएको छ । चिखलावर्धाको सैयद अंसार अली, दाहेगाउंको कौशल कापसे, मंगकिन्ही गाउंको पुनाजी मनवार, तांवा गाउंको सोमेश्वर वादे, निगनुर गाउंको मारोती राठौडले आत्म हत्या गरेका छन् ।

यसैगरी पिंपलगाउको मधुकर अदसार, देवली गाउको विट्ठल तायवाडे र मारोती गोडेले पनि आत्म हत्या गरेका छन् । शिबानी गाउको शिवानंद गीते र गवथाला गाउको सुनिल रखुंडेले पनि आत्म हत्या गरेका छन् । त्यस्तै वसीम जिल्लाको रेगावको संजय दाखोरे र अमरावतीको निलेश बाल्के पनि पनि कपासको वाली बिग्रेको भन्दै आत्म हत्या गरेका हुन् ।