मेलमिलाप दिवसमा धादिङ काग्रेसको चियापान

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


10893653_765396173550483_1767698777_nधादिङबेसी–नेपाली कांग्रेस धादिङले बुधवार ३९ औं मेलमिलाप दिवस मनाएको छ । मेलमिलाप दिवसको अवसरमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । काँग्रेस जिल्ला कार्यालय परिसरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला तहका नेता तथा कार्यकर्ता, विभिन्न, भातृसंस्थाका प्रतिनिहिरुका साथै अन्य राजनैतिक दलका प्रतिनिधि र सरकारी कर्मचारीहरुको उपस्थिती रहेको थियो । 
नेपाली कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका जिल्ला नेता बासुदेव तिमिल्सिनाले विपि कोईरालाको राजनैतिक परिचय र उहांले अघि सार्नुभएको मेलमिलाप नितिका वारेमा जानकारी गराउनु भएको थियो । यसै गरी सभापती अधिकारीले पनि मेलमिलाप दिवसको महत्वका बिषयमा जानकारी गराउनु भएको थियो । 
कार्यक्रममा नेकपा एमालेका तर्फवाट निर्वाचित धादिङ क्षेत्र नम्बर १ का सभासद धनवहादुर घले,राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपाति सभासद परशुराम तामाङ,एमालेका जिल्ला सदस्य रामहरी अधिकारीका साथै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङका साथै अन्य सरकारी कार्यालयका प्रमुखहरुको पनि सहभागिता रहको थियो । बित्रलम सम्वत २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला राष्ट्रियता र प्रजातन्त्रको लाागि ८ वर्ष लामो भारत निर्वासनपछि मेलमिलापको निति वोकेर स्वदेश फर्केको दिनको सम्झनामा नेपाली कांग्रेस हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ । कोइराला संगै निर्वासनवाट गणेशमान सिंह, शैलजा आचार्य लगायतका नेताहरुस्वदेश फर्किएकाथिए । स्वदेश र्फकदा बीपीमाथी हुन सक्ने खतरालाई मध्यनजर गर्दै शुभचिन्तकहरुबाट स्वदेश नर्फकन आएका सुझवहरुलाई नजरअन्दाज गर्दै बीपी राष्ट्रिय एकता र मेलमिलापको नीतिलिई स्वदेश फर्किएका थिए । मेलमिलापको निति लिएर नेताहरु निर्वासनवाट स्वदेश फर्किएपनि  पञ्चायती सरकारले कोईरालालाई गिरफतार गरि थुनामा राखेको थियो ।