राप्रपा नेपालको रथयात्रा धादिङवाट काठमाण्डौं प्रस्थान

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rathyatra गजुरी -राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्र कायम गर्न माग गर्दै सुरु गरेको मेची-महाकाली संकल्प रथयात्रा विहीवार विहान धादिङको गजुरीवाट काठमाण्डौ तर्फ प्रस्थान गरेको छ ।

रथयात्रा शुरु हुनु अघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले संिक्षप्त सम्वोधन गरेका थिए । रथयात्रा बुधवार सांझ गजुरी आईपुगेको थियो ।

 थापाले नेतृत्व गरेको रथयात्रामा  स्थानीय नेता तथा कार्यकर्ता सहभागीता रहेको थियो  ।

आठ दिन अघिबाट‘ मेची महाकाली-श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना संकल्प रथयात्रा नाम दिइएको  रथयात्रा  देशका २९ जिल्लाको यात्रा पूरा गरेर धादिङ आईपुगेको हो । यात्रा शुरु भएको १० औं दिनमा शुक्रवार काठमाण्डौंमा समापन हुने वताईएको छ ।