सहमती भए माघ ८ मा फास्ट ट्रयाकवाट संविधान – प्रचण्ड

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0507धादिङ,१७ पुस – माघ ८ मै संविधान जारी गर्नुपर्छ भन्नेमा कसैको पनि विमति नरहेकाले आफ्नो पार्टी संविधान जारी गर्ने कार्यमा वाधक नवन्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले वताउनु भएको छ ।
मुलुकमा गणतन्त्र स्थापनाका लागि सहकार्य गरेका दलहरुका बिचमा सहमती गरेर सबैको भावना समेट्ने गरी अव वन्ने संविधान जारी गर्नुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको पनि अध्यक्ष दहालले वताउनु भयो । माघ ८ मा संविधान जारी गर्न समस्या रहेका बिषयहरुमा संविधान सभा कार्य व्यवस्था समितिवाट छलफल अघि बढाईएको र विवादित बिषयमा चार दिनमा सहमती हुन सकेमा माघ ८ मा संविधान आएरै छाड्ने अध्यक्ष दहालले वताउनु भएको छ ।
सहमतीका नाममा सहमती गरेर मात्र संविधान जारी गर्दा मुलुकमा पुनः अशान्ति फैलने र देश धु्रविकरणमा जाने खतरा रहेका दहालले औंल्याउनु भयो । सहमतीका लागि जिम्मेवार दलका नेतृत्वले दृढ इच्छा शक्ति प्रयोग गरेमा चार दिनमा सहमती सम्भव भई माघ ८ मा फास्ट ट्रयाकवाट भएपनि संविधान जारी गर्न सकिनेमा उहाँले विश्वस्त पार्नुभएको छ ।
धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवको समापन कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दहालले यस्तो बताउनु भएको हो । धादिङ उद्योग वाणिज्य संघको आयोजना भएको महोत्सवको समापन कार्यक्रमलाई विभिन्न राजनैतिक दलका जिल्ला नेत्तृत्व तथा व्यवसायीका अगुवाहरुले पनि सम्वधोन गरेका थिए । पुस ७ गते पुर्व प्रधानमन्त्री शेरवहादुर देउवाले उदघाटन गर्नुभएको महोत्सव विहीवार दहालले समापन गर्नुभएको हो । दश दिन सम्म चलेको महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्नुका साथै १० करोड वरावरको कारोवार भएको वताईएको छ ।