माघ ८ मा संविधान जारी गर्न सकिन्छ–सभासद बुर्लाकोटी

642 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी–माघ ८ मा संविधान जारी गर्न संबिधान सभा र जिम्मेवार दलहरु गम्भिर ढंगले लागि रहेको धादिङ क्षेत्र नम्बर २ का सभासद गुरुप्रसाद वुर्लाकोटीले वताउनुभएको छ ।
DSC_0523संविधान निर्माणका बिषयमा सहमती हुन नसकेका मुख्य चारवटा मुल मुद्धालाई टुङगोमा पु¥याउन मुख्य दलहरु अझै जिम्मेवार भएर लागि पर्न सके नेपाली जनताले चाहेजस्तो संविधान आउने सभासद बुर्लाकोटीको भनाई छ । संघियता, शासकिय स्वरुप जस्ता बिषयमा देखिएका विवाद सुल्झाउन नेतृत्व तहका नेताहरु पनि गम्भिर भएर लागिरहेकोले मुलुकले छिटै निकास पाउने सभासद बुर्लाकोटीले वताउनु भयो ।

दलहरु आंफैले तोकेका समयमा संबिधान निर्माणका लागि दवाव दिन प्रेस चौतारी नेपालले देशव्यापी रुपमा संचालन गरिरहेको दवाव कार्यक्रम अन्र्तगत शुक्रवार धादिङबेसीमा सभासद संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सभासदहरुलाई अन्य स्वार्थमा नलागेर निर्धारित समय भित्रै संविधान निमार्ण गरी जारी गर्न आग्रह गरेका छन । तोकीएकै समयमा संविधान निमार्ण गरी जनता सामु गरेको बाचा पुरा गर्न पार्टीको केन्द्रिय तह र संसदीय मोर्चालाई आंफुहरुले पनि दवाव दिइरहेको बुर्लाकोटीले स्मरण गराउनु भयो । कार्यक्रममा सहभागीहरुले सभासद वुर्लाकोटी संग स्रविधान निर्माण प्रक्रियाका बिषयमा अहिलेसम्म भएका कार्य र विवादित बिषयहरुमा दलहरुको भुमिकाका वारेमा जिज्ञासा राखेका थिए ।

संविधान जहिले जारी गरेपनि विवादित बिषयहरु कहिले पनि नसकिने भएकाले मुलुकलाई अराजकतावाट जोगाउन निर्धारित समय सिमा भित्रै कुनैपनि हालतमा संबिधान निर्माण गरि जारी गरिनुपर्ने नेकपा एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनीले बताउनु भयो । संविधान जारी नहुंदा मुलुकले जटिल समस्या भोग्नु परेकोले आफ्नो दल जनतासंग गरेको बचन पुरा गर्न प्रतिबद्ध रहेको लोहनीको भनाई छ । यसैगरी संविधान निर्माण कार्यमा देखिएका जटिल समस्याहरुलाई हल गर्दै जनताको चाहना अनुसारको संविधान जारी हुनुपर्ने अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य जानुका सिम्खडाले कार्यक्रममा वताउनु भयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एवम वागमती अंचल इन्चार्र्ज केशव अधिकारी,नेकपा एमालेका जिल्ला सदस्यहरु कुलमान बिक,गोकर्ण रुपाखेती, सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, प्रहरी निरीक्षक वासुदेव थापा,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली,महासंघका निवर्तमान अध्यक्ष सीताराम वर्मा, प्रेस चौतारी धादिङका पुर्व अध्यक्ष सीताराम अधिकारी, निवर्तमान अध्यक्ष रामेश्वर कार्की लगायतको आतिथ्य रहेको थियो ।