नुवाकोटमा वडा नम्बर ६ को छायङ्कन हुँदै

926 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

wada-no-6नुवाकोट: हांस्यप्रधान चलचित्र छ एकान छ को  सफलतापछि आमा सरस्वती मुभिजको व्यानरमा  निर्माण भइरहेको चलचित्र वडा नम्बर ६ को नुवाकोटमा छायङ्कन भइरहेको छ । नुवाकोटको ऐतिहासिक स्थानहरुमा छायङ्कन भइरहेको उक्त  चलचित्रका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा  हुनुहुन्छ । यस्तै वरिष्ठ चलचित्र निर्देशक उज्वल घिमिरेले चलचित्रको निर्देशन गर्नुभएको छ । चलचित्रको मुख्य अभिनयमा दिपकराज गिरी, दिपाश्री निरौला, सीताराम कट्टेल (धुर्मुस), केदार घिमेरे(माग्ने बुढो), जीतु नेपाल(मुन्द्रे) निर शाह, राजाराम पौडेल, किशोर खतिवडा लगाएतका  कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको मुख्य नायिकामा प्रियङका कार्की रहेकी छिन् । चलचित्रमा नुवाकोट जिल्लाका स्थानीय कलाकारहरुकोपनि सहभागिता रहेको छ । नुवाकोट जिल्लाको नेतृत्व कलाकार तथा पत्रकार किरण अधिकारीले गर्नु भएको छ । नुवाकोटको ऐतिहासिक क्षेत्र देवीघाट,  नुवाकोट दरबार लगाएतका ऐतिहासिक स्थानमा चलचित्रको छायङ्कन भइरहेको सुटिङ युनिटले जनाएको छ ।