संचारकर्मी राज न्यौपाने बने ¥यापर

787 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

raj neupaneकिरण अधिकारी –पिता खेतीप्रसाद न्यौपाने र माता मानकुमारी न्यौपानेको कोखबाट २०४७ सल असोज १४ गते नुवाकोट जिल्लाको गेर्खु गाउँ विकास समितिका जन्मेका हुन् संचारकर्मी तथा नवोदित ¥याप गायक राज न्यौपाने । सानैदेखि गित संगितमा विशेष गरि ¥याप विद्यामा रुची भएका
राजको इच्छा भने भर्खरै पुरा भएको छ । उनलाई यो इच्छा पुरा गर्न उनको पेशाले पनि मद्दत पुगेको छ । संचारकर्मीको रुपमा आफ्नो पहिचान बनाएका राज अब आफ्नो नामको अगाडी गायकको शब्द जोड्न सफल भएका छन् । २०६७ मा सिटिनय एफ.एम.मा बनोरन्जनात्मक र हास्यव्यङ्ग कार्यक्रम उत्पादक हुँदै कलिउड डटकमको समाचार सम्पादक भएर कार्य पनि गरे । हाल उनी रेडियो अडियोमा कार्यक्रम संचालकको रुपमा कार्यरत छन् । त्यति मात्र हैन उनी विभिन्न महोत्सव र संगितिक कार्यक्रमहरुमा व्यस्त छन् । त्यसैगरि उनी विभिन्न कार्यक्रममा क्यारकेचरको रुपमा जान्छन् । हालै मात्र उनले एउटा ¥यापगितमा ¥याप स्वर दिएका छन् ।
उनलाई पोर्चुगल निवासी बिमल श्रेष्ठ, स्वर दिव्य कुँवर अनि ¥यापमा राज न्यौपानेको रहेको छ । सुदिप
बरालले निर्देशन गरेका छन् । आँखाको चालले नामको गित अत्यन्त फाष्ट विट र नाँच्न मिल्ने रहेको राजको भनाई छ । राज न्यौपाने अब छिट्टै अर्को ¥याप गितमा स्वर दिदैँछन् । यसैगरि दर्शक र श्रोता माझ आउँदैछन् । संगितलाई एउटा
गहिरो सागर, जसको मापन गर्न कठिन मान्ने राज संगितको भावमा डुब्दै जान्छौँ त्यति नै गहिराईमा पुग्ने बताउँछन् । प्रेम दुई आत्माको मिलन हो । जीवन विस्तारको लागी प्रेम नितान्त आवश्यक छ । प्रेम विना मानिसको जीवन पानी विनाको माछा जस्तै हो रे उनको बुझाई मा । संचारकर्मी मान्छे कसरी ¥याप गायक भन्दा कउनी भन्छन् सानैदेखि रुची अनि लगाव थियो । मेरो पेशा पनि त्यस्तै
भो । किनकी गित संगितलाई अझ नजिकबाट नियाल्न पाए र मेरो इच्छा भयो । निकै हसिलो फरासिलो र मिहेनती न्यौपाने सफल हुँदै गइरहेका छन् । उनको संचार र संगित जीवन सफल होस् शुभकामना ।