कक्षा ११ को रिजल्ट निकाल्न ढिलाई

507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले कक्षा ११ को नतिजा निकाल्न ढिलाई गरेको छ । परीक्षा भएको ७ महिना वितिसक्दा पनि परिषद्ले नजिता अझै प्रकाशित नगरेको हो ।

bannerपरिषद्को शैक्षिक क्यालेण्डरमा परीक्षा भएको ३ महिनाभित्र नतिजा निकाल्नु पर्ने व्यवस्था भए पनि अझै सकेको छैन । परीक्षा नियन्त्रक दुर्गा अर्यालले विभिन्न वाहनामा परिषद्मा आन्दोलन भएकोले नतिजा निकाल्न नसकिएको दावी गरे । ‘पहिले शिक्षकहरूले ताला लगाए । त्यसपछि परीक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेको मूल्य बढाउनुपर्छ भनेर ताला लगाए’ उनले भने, ‘परीक्षा सकिए लगत्तै परिषदमा  तालाका ताला लागिरह्यो जसले गर्दा उत्तरपुस्तिका परीक्षण हुन सकेन । त्यसैले ढिलो भएको हो ।’ नतिजा प्रकाशित नगर्दा आंशिक  परीक्षा दिएका विद्यार्र्थी मर्कामा परेका छन् । स्नातक तहको प्रथम बर्षमा भर्ना खुले पनि १२ कक्षा पास भएका र ११ कक्षाको आंशिक परीक्षा दिएका विद्यार्थीलाई  मर्का परेको छ । ’नयाँ विद्यार्थीलाई त असर परेको छैन’ अर्यालले भने, ‘तर जो आंशिक परीक्षा दिएका पुराना विद्यार्थीलाई भने स्नातक तहमा भर्ना गर्नलाई समस्या भने परेको छ ।’ उनले यहि महिनाको अन्तिमसम्म नजिता प्रकाशन गर्ने जानकारी गराए ।