जन्मदिनको अवसरमा वहिरा बिद्यार्थीलाई शैक्षिक सामाग्री

629 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ – स्वाबलम्बी बहिरा प्राथमिक बिद्यालयकामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । बालबालिकाहरुलाई प्रयास नेपाल धादिङको अध्यक्ष समेत रहेकी उषा बि.क र कार्यक्रम संयोजक बिनोद भट्टले आफ्नो जन्मदिनको अवसर पारेर पुस २३ बुधवार शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । फजुल खर्च गरेर जन्म दिन मनाउनु भन्दा कान नसुन्ने बालबालिकाहरुको पढाईमा सहयोग पुगोस भन्ने उद्धेश्यले सहयोग गरिएको बिकले बताउनु भयो ।
स्वाबलम्बी बहिरा प्राथमिक बिद्यालय अध्ययनरत ४२ बिद्यार्थीहरुलाई कापी,डट्पेन,ईलेजर र पेन्सील सहयोग प्रदान गरिएको हो । जन्म दिनको नाममा हुने खर्चलाई जोगाएर बालबालिकाहरुलाई सहयोग गर्नु सहनीय काम भएको र यसले बालबालिकाहरुलाई अध्ययन गर्न थप हौसला मिलेको स्वाबलम्बी बहिरा प्राथमिक बिद्यालयका प्रधानाध्यपक निता कट्टेलले बताउनु भयो ।