धादिङमा आप्रवासन सूचना तथा परामर्श केन्द्रको उदघाटन

648 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0325 - Copy copyधादिङ, – जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको स्थापना गरी संचालनमा ल्याईएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित र उपल्लब्धिमूल्लक बनाउन सहयोग पु¥याउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत केन्द्रको स्थापना गरिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरेले बिहीबार केन्द्रको उदघाटन गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङको परिसरमा निर्माण गरिएको केन्द्र भवनको धादिङका प्रमुख जिल्ला अधिकारी घिमिरेले विहीवार विहान रिवन काटेर उदघाटन गर्नुभएको हो । स्वीस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयको समन्वयमा संचालित सुरक्षित आप्रवासन परियोजना (सामी) ले चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज सिड्स धादिङ संग मिलेर परामर्श केन्द्र सञ्चालमा ल्याएको हो ।
सामी परियोजनाको ४ लाख ६६ हजारको लागतमा निर्माण गरिएको दुई कोठे परामर्श केन्द्रको उदघाटन कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप सचिव देवराज ढकाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका शान्तवहादुर सुनार, हेल्भेटास नेपालका कन्ट्री डाईरेक्टर डाक्टर भरत पोखरेल, स्विस विकास नियोगका बरिष्ठ कार्यक्रम अधिकृत डाक्टर उषा भण्डारी, सामी परियोजनाका टिम लिडर सीता घिमिरेका साथै श्रम तथा रोजगार मन्त्रालयका सामी परियोजना कोअर्डिनेटर सूर्य भण्डारीको आतिथ्य रहेको थियो । यसै गरी जिल्लाका विभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि,सरकारी कार्यालयका प्रमुखहरु,सरकारी कर्मचारी,सामाजिक संघ सस्थाका प्रतिनिधि तथा संचारकर्मी हरुको उपस्थिती रहेको थियो ।
सुरक्षित आप्रवासन परियोजना जिल्ला तहमा कार्यान्वयन गर्न सघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समझदारी भएको श्रम तथा रोजगार मन्त्रालयका उपसचिव ढकालले जानकारी दिनस भयो । २०७० साउन महिनादेखि कार्यान्वयनमा आएको सो परियोजनाका लागि स्विस विकास सहयोग नियोगले नेपाल सरकारलाई ८० करोड रुपैयाँ अनुदान सहयोग प्रदान गरेको छ ।
वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सम्बन्धी सूचना आदानप्रदान गर्ने र सूचनाको पहँुच अभिवृद्धि गर्न सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल््याउने, न्यायको पहुँच बढाउने, वैदेशिक रोजगारबाट पीडित व्यक्तिहरुका लागि पुनःस्थापना गृह सञ्चालनमा ल्याउने लगायतका बिषयमा सामी परियोजना देशका विभिन्न जिल्लामा संचालन गरिएको उप सचिव ढकालले वताउनु भयो ।
वैदेशिक रोजगारीमा जान चाहनेलाई व्यावसायिक सीप तथा तालिम र परामर्श दिन एवम सुरक्षित आप्रवासन सम्वन्धि जानकारी प्रदान गर्न दाङ, कास्की, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर, सिराहा, महोत्तरी, सिन्धुली र झापा जिल्लामा श्रम तथा रोजगार मन्त्रालयले परियोजना संचालन गरिरहेको छ । त्यसैगरी स्विस विकास सहयोग नियोग अन्तर्गत हेल्भेटासले खोटाङ, सर्लाही, रामेछाप, नवलपरासी, सुनसरी, कैलाली , धादिङ, धनुषा र सप्तरीमा छुट्टाछुट्टै रुपमा कार्यान्वयन गरिरहेका छन । धादिङ जिल्लामा सिर्डस धादिङ र आवाज अभियान नेपाल संस्था मार्फत परियोजना संचालनमा आएको छ । बैदेशिक रोजगारीमा धेरै ब्यक्तिहरु जाने पहाडी जिल्लामा धादिङ जिल्ला पनि अग्रस्थान रहेको छ ।