वैदेशिक रोजगारीमा जान चाहनेका लागि परामर्श सेवा

857 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२४ पुस ः धादिङ जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि राहदानी सिफारिसको फारम भर्ने महिला पुरुषलाई सुरक्षित आप्रवासन सम्वन्धि परामर्श दिन सुरु गरिएको छ ।
DSC_0334 - Copy copyजिल्ला प्रशासन कार्यालय परिसर धादिङबेसीमा वैदेशिक रोजगारका लागि ‘सुरक्षित आप्रवासन’ (सामी) परियोजनाले परामर्श सेवा दिन थालेको हो । प्रशासन कार्यालय परिसरमा वैदेशिक रोजगारीमा जान चाहने महिला पुरुषलाई आवश्यक परामर्श दिन सुरक्षित आपवासन परामर्श तथा सूचना केन्द्र स्थापना गरिएको छ ।
वैदेशिक रोजगारीमा जांदा आवश्यक जानकारीको अभावले ठगिेक्रम बढ्दै गएपछि स्विस सरकारको सहयोगमा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न निकायसंग समन्वय गरी ‘सुरक्षित आप्रवासन’ (सामी) परियोजना संचालन गर्दै आईरहेको छ । प्रशासनमा राहदानी सिफारिस लिन आउने व्यक्तिलाई सामीले रोजगारका लागि जान लागेको देशको परिवेश, त्यहाँको कानुन र त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक लगायत अवस्थाबारे जानकारी गराउने गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा बेचिइने, ठगिने भएकाले रोजगारीमा जानुअघि परामर्श दिइएको धादिङमा सामी परियोजना संचालन गरिरहेको चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाजले जनाएको छ । सामीकी परामर्शदाता एशोदा नेपालले वैदेशिक रोजगारीमा जानेहरु ठगिमा नपरुन भनेर परामर्श दिने गरिएको बताउनुभयो ।
बैदेशिक रोजगारीका बिषयमा पूर्ण ज्ञान नहुंदा र कुन देशमा जांदा के कस्तो प्रकृया पुरा गर्नुपर्छ, कस्तो सिप भएका व्यक्तिले रोजगारीको अवसर पाउंछन भन्ने ज्ञान नहुंदा दलालले चाहिनेभन्दा धेरै पैसा लिने, विदेश पुगेपछि अलपत्रमा पारिदिने भएकाले सचेत रहन पूर्व जानकारीका लागि परामर्श दिइएको नेपालको भनाई छ ।
‘आफू जान लागेको देशबारे अनभिज्ञ हुँदा विदेशमा पुगेका नेपाली युवा–युवती अलपत्र पर्ने,ठगिने गरेकोले त्यस बिषयमा जानकारी दिने उद्धेश्य सामीको रहेको नेपालको भनाई छ । सामी परियोजना अन्र्तगत असोज महिनाको सुरुवातदेखि सुरु गरिएको परामर्शमा भाग लिनेको संख्या दैनिक ४० को हाराहारीमा हुने गरेको उहाँले बताउनुभयो ।
राहदानी सिफारिस लिन आउने सबैलाई परामर्शका लागि अनिवार्य नभएपनि बैदेशिक रोजगारीमा जान खोज्नेहरुलाई भने परामर्श दिने गरेको अर्का परामर्श दाता दिलवहादुर रम्तेलले बताउनु भयो । रोजगारीका लगि विदेश जानेलाई परामर्श प्रभावकारी हुने गरेको रम्तेलको ठम्याई छ ।
सामीले विदेश जाँदा केही सीप लिएर जानसमेत अनुरोध गर्ने गरेको रम्तेल बताउनुहुन्छ । विदेश जानुपूर्व सीप लिन चाहनेका लागि सामीले निःशुल्क तालिमको समेत व्यवस्था गरेको छ । विदेशमा गएर आफूले गर्ने कामबारे जानकारी गराएपछि सामीले राजधानीमा खाने, बस्नेको व्यवस्था सहित सीप सिकाउने गरेको जनाएको छ ।