बराहाकालिकाले मनायो स्वर्ण जयन्ती

566 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु टिकाइ राख्नका लागि गुणस्तरीय शिक्षाको आवश्यकता रहेको क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद कार्पीले बताउनु भएको छ ।
वराह कालीका उच्च माध्यमिक विद्यालय ढोलाले ५० आँै वर्ष प्रवेशको अवसरमा आयोजना गरेको स्वर्ण जयन्ती समारोहमा बोल्दै क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक काप्रीले यस्तो बताउनु भएको हो । जब विद्यालयहरुले बालमैत्री तथा रोजगारी मुलक शिक्षा दिन सक्छ तव मात्र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने धारणा काप्रीले राख्नु भएको थियो । कार्यक्रममा बोल्दै पूर्व सांसद एवम् नेपाली काँग्रेसका सभापति रामनाथ अधिकारीले शैक्षिक क्षेत्रको विकासका लागि सबै एकजुट हुनपर्ने बताउनु भयो । अधिकारीले बराहकालिका उच्च माविको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश ढकाल, नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहोनी, एमाओबादी धादिङका अध्यक्ष रामबहादुर भण्डारी, शिक्षक युनियनका सचिव विष्णुप्रसाद अधिकारी, शिक्षक संघ धादिङ अध्यक्ष दीपक सिँखडा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य मुरारी अधिकारी, नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विभिन्न संस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक तथा विद्यालयलाई सहयोग पुर्याउनेहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद तिमल्सेना र क्षत्रीय शिक्षा निर्देशनालयका निर्देशक कृष्ण प्रसाद काप्रीले सम्मान गर्नुभएको थियो ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयका प्रधानध्यापक खड्कबहादुर श्रेष्ठले विद्यालयका शैक्षिक, आर्थिक तथा भौतिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु र विभिन्न विद्यालयका शिक्षक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।