मलेसियामा १ सय २० नेपाली पक्राउ

585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali-pakrauमलेसिया– मलेसियामा एक सय २० जना नेपाली कामदार पक्राउ परेका छन् ।

 त्यहाँबाट प्रकाशित हुने द स्टार दैनिकका अनुसार पक्राउ पर्नेमा सबै अवैधानिक रुपमा काम गर्दै आएकाहरु छन् ।

मलेसिया अध्यागमन विभाग र प्रहरीको संयुक्त टोलीले राजधानी क्वालालम्पुरस्थित कोताराया बजारबाट उनीहरुलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

नेपालीसहित १ हजार १ सय ९८ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै उक्त पत्रिकाले समाचार छापेको छ । समाचारका अनुसार पक्राउ परेका कसैसँग पनि राहदानी र वर्कपरमिट छैन ।

पक्राउ पर्नेमा लेपालसहित फिलिपिन्स, बंगालादेश, म्यान्मार र इण्डानेसियाका छन् । मलेसिया सरकारले अवैधानिक आप्रवाशी कामदारका लागि दिएको आममाफीको समयसीमा सकिएपछि त्यस्ता कामदारमाथि कडा रबैया अपनाउन थालेको छ ।