किसानहरुको घरदैलो माटो परिक्षण घुम्ती प्रयोगशाला

1404 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाट (धादिङ), – केहि महिना अघिसम्म किट बक्सको प्रयोग गरी माटो परीक्षण शिविर सञ्चालन गरि अनुमानको भरमा नतिजा विश्लेषण गर्ने माटो व्यवस्थापन निर्देशनालयका कर्मचारीहरु अहिले बसमा जडेको सुविधा सम्पन्न माटो परीक्षण घुम्ती प्रयोगशाला लिएर किसानहरुको घरदैलोमा माटो परीक्षण गर्न पुगेका छन् । निर्देनालयको टोलीले आईतवार साँझ वेनिघाटका स्थानीयलाई माटो परीक्षण किन, माटोको नमूना लिने तरिका, खेतीवालीमा मलखाद व्यवस्थापन, रासायनिक मल प्रयोगको मात्र फिल्म मार्फत जानकारी गराएको थियो ।
???????????????????????????????सोमवार विहान ४० जना भन्दा किसानहरुले माटो परीक्षण्का लागि नमूना लिएर आए । माटो परीक्षण शिविरमा माटो विश्लेषण गरी माटोमा रहेको प्रांगारिक पर्दाथ, माटोको पि.एच, नाईट्रजन, विरुवाले प्राप्त गर्ने पोटासियम र विरुवाले प्राप्त गर्ने फस्फोरसको नतिजा निकालिने वरिष्ठ माटो विज्ञ किरणहरी मास्केले बताए । किट वक्स प्रयोगबाट गरिएको परीक्षण नजिक नजिक पुग्ने अनुमान हुन्थ्यो भने प्रयोगशालामा परीक्षण गर्दा नतिजा शतप्रतिशत सही हुने मास्केले बताए । किसानहरुको पहुँच क्षेत्रिय माटो परीक्षण प्रयोगशालासम्म नपुग्ने र पुगे पनि आउन जान खर्च लाग्ने भएकाले धेरै किसानले परीक्षण नगराउने भएकाले स्थानीयस्तरमा नै परीक्षण गर्न प्रयोगशाला ल्याएको बताए । माटोको उत्पादकत्व घट्दै गएको छ । कृषकले अनुमानका भरमा जति पनि रासायनिक मल प्रयोग गरिरहेकाछन् । माटो परिक्षणको नतिजा संगै माटोको उत्पादकत्व बढाउन भकारो सुधार तथा पशुमुत्रको संकलन र प्रयोग विधि समेत किसानहरुलाई जानकारी दिने मास्केले बताए ।