पन्ध्र वर्षभित्र अर्को पृथ्वी पत्ता लाग्ने

620 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं- खगोलविदहरुले हालै मानव बसोबास योग्य रहेका थप ८ वटा ग्रह पत्ता लागेको दाबी गरेका छन् । केप्लर स्पेस टेलिस्कपको माध्यमबाट नयाँ ८ वटा बसोबासयोग्य ग्रह पत्ता लागेसँगै यस्ता ग्रहको संख्या १ हजार पुगेको छ अनलाईन खबर डट कमले खबर लेखेको छ ।

prithbiतर खगोलविदहरुको यो दाबी उनीहरुमै मात्र सिमित छ अहिलेको लागि । सर्वसाधारणले आफ्नो दुरविनले त्यस्ता ग्रहलाई कहिले आफ्नै आखाले देख्न पाउलान् वा मानिसहरु कहिले ती ग्रहमा पुग्न पाउलान् ? त्यो त भविष्यकै गर्भमा छ ।

तर अमेरिकी अन्तरिक्ष सस्था नासाका एक खगोलविदको कुरामा विश्वास मान्ने हो भने अबको १५ वर्षभित्रमा पृथ्वीजस्तै एक नयाँ ग्रह पत्ता लाग्नेछ । पृथ्वीमा भएजस्तै समुद्र भएको उक्त ग्रहमा जान भने सजिलो हुनेछैन किनकी त्यस ग्रहमा पुग्नका लागि आइन्स्टाइनको सापेक्षताको नियमलाई तोड्नुपर्नेछ ।

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका खगोलविद डाक्टर जोन म्याथरका अनुसार ब्रम्हाण्डमा सबैभन्दा पहिले उत्पत्ति भएको चम्किलो पदार्थ पत्ता लगाउनका लागि विशाल दूरविनको प्रयोग गरिनेछ । साथै यसबाट आफ्नो सौर्यपरिवार बाहिर रहेका पृथ्वीजस्तै ग्रहको समेत खोज गरिनेछ ।

अल अबाउट स्पेस नामक म्यागेजिनमा दिएको अन्तरवार्तामा उनले अबको पन्ध्र वर्ष भित्रमा पृथ्वीकै आकारको तथा पर्याप्त पानी सहित समुद्र समेत रहेको नयाँ ग्रह पत्ता लाग्ने अपेक्षा गरेका छन् ।

तर उक्त ग्रह सौर्यमण्डलभन्दा बाहिर रहने भएकाले अहिलेको अवस्थामा त्यसमा मानिस आफु वा आफुले बनाएको कुनै वस्तु पठाउन सम्भव हुनेछैन । आइन्स्टाइनको सापेक्षता सिद्धान्तले कुनैपनि वस्तुको गति प्रकाशको गतिभन्दा बढि हुन नसक्ने ठहर गरेको छ । यस अर्थमा कुनै एक तारामण्डलबाट अर्को तारामण्डलमा जान सकिँदैन । तर त्यस बेलासम्म आइन्स्टाइनको सिद्धान्तलाई समेत फेल गराउन सक्ने प्रविधि तथा नयाँ सिद्धान्तको विकाश हुनसक्ने र सुरुमा रोबोट र त्यसपछि मानिस नै उक्त ग्रहमा पुग्नसक्ने आशा उनको छ ।