लामो दुरीका सवारी साधनलाई प्रहरी स्कर्टिङ

643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

policeधादिङ, पुस २९ – एमाओवादी लगायतका ३० दलले मंगलवार गरेको बन्दको प्रभावले नियमित सञ्चालन हुने यातायात सञ्चालन भएका छै्नन् । पृथ्वीराजमार्ग हुँदै देशका विभिन्न जिल्लाहरुमा जाने लामोदुरीका सवारी साधनलाई सवारी पृथ्वीराजमार्गका विभिन्न स्थानमा रहेका प्रहरी टोली स्कर्टिङ गरि गन्तव्य तिर पठाइरहेकोछ  ।

राजधानीबाट प्रहरीले स्कर्टिङ गरेर ल्याएका सवारी साधनलाई वन्दकर्ताहरुले राजमार्गकै धुषास्थित चरौंदीमा रोकेका छन् । अवरोध अन्त्य गर्न बन्द आव्हानकर्ताहरु सँग वार्ता भैरहेको गजुरीस्थित प्रहरी निरीक्षक हेमन्त भण्डारी क्षत्री वताउँछन् ।

सदरमुकाममा फाटफुट पसल  र यातायात साधन संचालन भएका छन् ।