परपुरुषसंग लाग्ने पतिको लिङ्ग चट

722 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

scissors_with_bloodबेइजिङ,- एक चिनियाँ महिलाले आफ्ना पतिले अर्की महिलासँग सम्बन्ध राखेको भनी उसको लिङ्ग काटिदिएकी छन् ।

यसअघि पनि यी महिलाले आफ्ना यिनै पतिको लिङ्ग काटिदिएकी तर त्यसलाई चिकित्सकहरूले सिएर सही बनाइदिएको चिनियाँ आमसञ्चारले उल्लेख गरेका छन् ।

चीनको मध्यभागमा रहेको हेनान प्रान्तमा डिसेम्बरमा भएको आक्रमणपछि फान थर भएका यी ३२ वर्षीय पुरुषको लिङ्ग फेला नपरेको जानकारी अनुसन्धानकर्ताहरूले दिएका छन् । उक्त जानकारी सरकारी स्वामित्वमा रहेको एचएनआरले दिएको हो ।

समाचारमा फानकी पत्नीको नाम दिइएको छैन । उनले आफ्ना पतिले २१ वर्षीया एक महिलासँग सम्बन्ध राखेपछि उसको लिङ्ग काट्ने पाइला लिएकी थिएन् ।

अघिल्लो घटनामा फान तत्कालै अस्पताल पुगेका थिए र चिकित्सकहरूले पनि उसको लिङ्गलाई पुनः जोडिदिएका थिए । हाल उसको लिङ्ग फेला परेको छैन ।

यी पति तथा पत्नी उनीहरूको घरको बाहिरी भागमा लड्दै गरेको देखिएको थियो भने नाङ्गो र रगताम्य भएको फानले आफ्नी पत्नीलाई निरन्तर रूपमा कुटिरहेको देखिएको थियो । प्रत्यक्षदर्शीहरूले उनीहरूका बारेमा प्रहरीलाई फोन गरिदिएका थिए ।

अनलाइनमा राखिएको चित्रमा नाङ्गा पुरुष फानले लुगा लगाएका अर्का व्यक्तिलाई तान्दै सडकमा ल्याउँदै गरेको देखाइएको छ ।

चिकित्सक तथा प्रत्यक्षदर्शीले फानको लिङ्गको खोजी गरेको तर फेला पार्न नसकेको बताइएको छ । फानका पत्नी मानसिक रूपमा बिरामी भएकी र निजलाई प्रहरीले हिरासतमा लिएको बताइएको छ ।

यसपछि फानलाई अर्को अस्पताल लगिएको र चिकित्सकहरूले एक घण्टासम्म निजको शल्यक्रिया गरेको समाचारमा उल्लेख गरिएको छ ।

पछि फानको अवस्था निकै अस्थिर देखिएको समाचारमा उल्लेख भएको छ ।

फानलाई दुईपटक आक्रमण भएपछि फान र झाङ थर भएकी निजकी महिलामित्रसँगको सम्बन्ध अझै बलियो भएको बताइएको छ । अब उनीहरूले बिहे गर्ने निर्णय गरेका छन् ।

झाङले फानको पाँच बालबालिका भइसकेकाले अब निज सन्तान जन्माउन नसक्ने भए पनि फरक नपर्ने बताइन भनी समाचारमा उल्लेख गरिएको छ ।