सपनामा मानिस किन विपनामा जस्तो दौडिन सक्दैन ?

1212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

running2पनामा तिब्र गतिमा दौडिन सक्ने मानिस सपनामा दौडिन सक्दैन । दौडिए पनि विस्तारै र निकै गाह्रो गरेर मात्र दौडिए जस्तो लाग्छ । तिब्र गतिमा दौडिन खोजे पनि विस्तारै मात्र दौडन सकिन्छ ।

विपनामा तिब्र गतिमा दौडिन सक्नेले त सपनामा पनि दौडिन सक्नुपर्ने हो । अनि विपनामा सामान्य गतिमा दौडिनेले पनि सपनामा पनि त्यस्तै गतिमा दौडनु पर्ने हो । तर त्यस्तो हुँदैन । सपनामा मानिस विपनामा जस्तो दौडिन सक्दैन ।

दौडिनका लागि आफ्नो शरीरलाई हलुका बनाएर खुट्टाको चाल तिब्र पार्नुपर्छ भन्ने सबैलाई थाहा छ । र यो हामीले आफ्नो जीवनमा धेरै पटक गरेका पनि छौं । तर जब सपनामा दौडिनु पर्ने हुन्छ । विपनामा गरे जस्तो हुँदैन । सपनामा दौडनु निकै कठिन हुन्छ । कतिपय अवस्थामा आफ्नो शरीरलाई कुनै अदृष्य शक्तिले ताने जस्तो लाग्छ । शरीर नै बोझिलो हुन्छ ।

आखिर यस्तो कसरी हुन्छ त ? केही अनुसन्धानले यसको जवाफ दिएका छन् । अनुसन्धानका अनुसार सपनामा आफंैमा मन्द गतिमा रहेका बेला देखिन्छ । त्यसले गर्दा सपनामा गरिने कार्य हामीले वास्तविकतामा गरेको भन्दा मन्द गतिमा हुन्छ ।

स्विट्जरल्याण्डको बर्न विश्वविद्यालयका मनोवैज्ञानिक ड्नियल अलाकरले मानिस निदाएका बेला मस्तिष्कले कसरी काम गर्छ भन्ने विषयमा प्रयोग गर्नुभएको छ । उहाँले यो प्रयोग मानिसले सपनामा गर्ने क्रियाकलापमा मस्तिष्कले कसरी प्रतिक्रिया जनाउँछ भन्ने पत्ता लगाउन गर्नुभएको हो ।

मानिस सपनामा दौडिरहेका बेला के मस्तिष्कको दौडसँग सम्बन्धित भाग वा तन्तु वास्तविक रुपमै क्रियाशील भएको हुन्छ त ? भन्ने प्रश्नको जवाफ खोज्न ड्यानियलले यो प्रयोग गरेका हुन् ।

उहाँले यसका लागि आफ्नो सपनामा नियन्त्रण राख्न सक्ने मानिसहरुको सपनाको अनुभव माथि अनुसन्धान गर्नुभयो । ड्नियलले ती मानिसलाई कुनै पनि काम गर्न लगाउँदा विपनामा गरे भन्दा सपनामा त्यही काम गर्न ५० प्रतिशत बढी समय लागेको थियो ।

तर दौडको विषयमा भने वास्तविक जीवनमा भन्दा सपनामा कति ढिलो हुन्छ भन्ने यकिन भने छैन । तर यो सर्वव्यापक भएको मनोवैज्ञानिक इएन वलेसले बताए । प्रायः गरी मानिस विपनामा भन्दा समपनामा मन्द गतिमा दौडिने गरेको भएपनि केही मानिसले सामान्य गतिमै वा केहीले विपनामा भन्दा सपनामा तिब्र गतिमा दौडिने गरेको पनि अनुभाव रहेको वलेसले बताए ।

दौडिनका लागि हाम्रो खुट्टा आधारभुत चालक हो । विपनामा दौडिँदा सजिलै खुट्टा चालिन्छ । तर सपनामा खुट्टा विस्तारै चालिन्छ । यसले गर्दा सपनाको दौड मन्द गतिको हुन्छ ।