दुर्घटनामा दुईको मृत्यु

356 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मुग्लिन – चितवनको मुग्लिन नारायणगढ सडक खण्डमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

बुधबार साँझ चण्डिभञ्ज्याङ्ग ६ खहरे पुलमा नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको लु १ ख ५१२८ नम्बरको मालबाहक ट्रक र विपरित दिशा बाट जादै गरेको ना ५ प ४१४० र बा ५१ प २५८० नम्बरको २ वटा मोटर साइकललाइ ठक्कर दिदा मोटर साइकलमा सवार २ जनाको  मृत्यु भएको हो । दुर्घटनामा परी चितवन भरतपुर–९ का ३० वर्षीय राजु श्रेष्ठ र भरतपुर–२ क्षेत्रपुरका हासन श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।