नुवाकोटमा यसवर्ष यस्तो भयो गोरु जुधाई

782 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 नुवाकोट,१- माघ  – नुवाकोटको तारुका र बेत्रावती बासिन्दाले माघे संक्रान्तिको अवसरमा गोरु जुधाएर मनोरन्जन लिएका छन् । हरेक वर्ष माघे संक्रान्तिमा तारुका र बेत्रावतीमा गोरु जुधाउने गरिन्छ उज्यालो अनलाईनले खबर लेखेको छ ।

goru 1तारुका–५ चन्दनीमा माघे सक्रान्तिको अवसरमा बिहीबार १६ हल गोरु जुधाईएको हो । गोरु जुधाई रमाइलो मात्रै नभएर प्रतियोगिता पनि हो । प्रतियोगितमा जसले पालेको गोरुले जित्छ उसैले हार्ने गोरु लैजाने चलन छ । बिहीबार भएको प्रतियोगितमा विष्णुमान श्रेष्ठले पालेको गोरुले जितेको छ । विष्णुमानले पालेको गोरुले मदन श्रेष्ठले पालेको गोरुलाई पराजित गरेको हो । विजयी गोरुका धनीलाई दुई हजार र हार्ने गोरुका धनीलाई १५ सय रुपैयाँ प्रदान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर वखरेलले जानकारी दिनुभयो । मेला उद्घाटन गर्न पुगेका खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गोरु जुधाई खेललाई राज्यले महत्व दिने र खेल मैदानको लागि प्रस्ताव ल्याएमा पाँच लाख रुपैयाँसम्म मन्त्रालयले योजनामा पारेरसहयोग गर्ने बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा मेलाका लागि ५० हजार रुपैयाँ सहयोगको दिने पनि बाचा गर्नु भयो । तारुकामा गोरु जुधाईको ऐतिहासिक प्रमाण नभेटिए पनि स्थानीयबासिन्दाका अनुसार साढे दुई सयवर्ष भन्दा पहिलेदेखि नै गोरु जुधाएर मनोरञ्जन लिनेगरिएको थियो । २०६१ सालबाट भने व्यवस्थित गरि एकै थलोमा जुधाउन थालिएको हो । जुरे गोरुको घम्साघम्सी हेन हजारौ मानिकको भीड लागेको थियो । यस्तै नेपालको ऐतिहासिक स्थल बेत्रावतीमा पनि ८ हल गोरु जुधाइएको छ । गएको ६ वर्ष देखि बेत्रावतीमा पनि माघे सक्रान्तिमा गोरु जुधाउन थालिएको हो ।