इलाका गोष्ठी सम्बन्धी जिल्ला विकास समितिकाे कायार्लयकाे  अत्यन्त जरुरी सूचना

436 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



आर्थिक वर्ष २०७२७३ को वार्षिक जिल्ला विकास योजना तर्जुमाको क्रममा ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी देहायका मिति र स्थानहरुमा विहान ११ बजे देखि हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम सहभागी हुन सम्बन्धित ईलाका भित्रका गाउँ विकास समितिहरु, राजनैतिक दलका जिल्ला, ईलाका एवं गाउँ स्तरीय प्रतिनिधिहरु, विषयगत कार्यालयहरु, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला, आदिवासी÷जनजाति, दलित, अपाङ्गता भएका व्यक्तिहरु, पत्रकारहरु लगायत आम विकास साझेदारहरुलाई पत्राचार गरी सकिएको छ । कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी इलाका गोष्ठीमा उपस्थित भई जिल्ला विकास योजना तर्जुमा प्रक्रियामा सहभागि हुन अनुरोध गरिन्छ ।

इलाका गोष्ठी हुने मिति, स्थान र सहभागि हुने गाविसहरु

२०७१ माघ ४
गते ईलाका नं. ८ केउरेनी, कल्लेरीटार
 ईलाका नं. ९ बुङचुङ बजार, नलाङ,
ईलाका नंं १० गाविस भवन नौविसे,
 ईलाका नं. ११ गाविस भवन तसर्पु,
ईलाका नं. १२ गाविस भवन, पिडा,
 ईलाका नं. १३ गाविस भवन बेनिघाट

२०७१ माघ ५ गते

 ईलाका नं. ६ हुलाकभन्ज्याङ र
 ईलाका नं. ७ जिविस सभाहल

२०७१ माघ ८ गते

ईलाका नं. २ गाविस भवन दार्खा
गाविस भवन बुढाथुम

२०७१ माघ ९ गते

 ईलाका नं. ४ गाविस भवन सल्यान्टार
 ईलाका नं. ५ कटुन्जे बजार

२०७१ माघ १० गते

ईलाका नं. १ गाविस भवन, गुम्दी