सवारी दुर्घटना बढ्नुमा कस्को दोष बढी ?

696 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

driver

धादिङ–माघ ५, सवारी दुर्घटना सबै भन्दा बढी हुने क्षेत्र पृथ्वीराजमार्ग नै हो । जहाँ दिनको ४÷५ वटा सानो तिनो सवारी दुर्घटना हुने गर्दछ । धादिङ प्रहरी सवारी दुर्घटना न्यनीकरण गर्नको लागि समय समयमा विभिन्न अभियान सन्चालन गर्दै आईरहेको छ । केहि समय अघिमात्र प्रहरी सँग एक मिनेट भन्ने अभियान चलाएर सवारी दुर्घटना सम्बन्धी विभिन्न जानकारी दिएको थियो । चितवनको मुग्लिन देखी काठमाण्डाँैंको नागढुङगा सम्मको सडक खण्ड पृथ्वीराजमार्ग हो । सवारी दुर्घटनमा सबैभन्दा बढी दोष चालकलाई दिने गरिन्छ । सवारी दुर्घटना हुनुको अन्य कारण पहिचान गर्न सरोकारवाला निकायले भने कुनै चासो देखाउन सकेको छैन । सरकारको यथेष्ट नीति नहुँदा यस्तो समस्या परेको यातयात व्यावसायीहरु बताउछन् । चालकहरुलाई सरकारले तालिम नदिएसम्म सवारी दुर्घटना न्युनीकरण नहुने उनीहरुको भनाई छ । पृथ्वीराजमार्ग सडकमा गुड्ने सार्वजनिक सवारीसाधनका चालकले लाईसेन्स लिँदा सिकेकै सिपको भरमा यात्रुको जीवन आफ्नो हातमा लिन्छन् । न यातायात व्यावसायी, न सरकार–कसैले पनि सार्वजनिक सवारीका चालकलाई सडक व्यवहार र संवेदनशीलता सिकाउन तालिम दिन चासो दिएका छैनन् । एक त चालकलाई प्रभावकारी तालिम नहुने अर्को कच्चा उमेरमा चालक बन्नुले नी दुर्घटनाको अर्को कारण हो । पृथ्वीराजमार्गमा गुड्ने सवारी साधनका अधिकांश चालकहरु टिनियज उमेरकै हुन्छन् । सरकारले दुर्घटना न्युनीकरण गर्न चालकलाई अभिमुखिकरण सम्बन्धी एउटै पनि तालिम नपाएको यातयात व्यावसायीहरुले बताउदै आएका छन् । चालकलाई एक त तालिमको अभाव छ भने अर्को उनीहरुमा अनुभव कम हुन्छ, कुनै नीजि ईन्स्टिच्युटमा ड्राईभिङ सिकेर चालकभएकाहरु धेरै भएकोले दुर्घटना बढेको हो ।