कक्षा ११ को नतिजा सार्वजनिक, ४७ प्रतिशत उत्तिर्ण

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भक्तपुर –कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार नियमित तर्फ ४७ दशमलव २६ प्रतिशत र आँशिक तर्फ ३३ दशमलव १५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको उच्च माध्यामिक शिक्षा परिषद्ले जनाएको छ ।

यो गत बर्ष भन्दा धेरै प्रतिशत हो । गत बर्ष नियमित तर्फ ४० प्रतिशत र आँशिक तर्फ ३२ दशमलव ९३ प्रतिशत उत्तिर्ण भएका थिए ।
नतिजा अनुसार नीयमित तर्फ ७ जनाको स्थगित र ४३ जनाको रद्ध भएको छ । यस्तै आँशिक तर्फ २९ जनाको स्थागित र ४४ जनाको रद्ध भएको परिषद्ले जनाएको छ । नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना सम्मिलीत मध्ये १ लाख ६ हजार ५ सय १७ जना उत्तिर्ण भएका छन् । आँशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना  मध्ये ४६ हजार ९ सय ३३ विद्यार्थी उर्त्तीण भएका छन् ।

bannerकक्षा ११ मा नियमित तर्फ २ लाख २६ हजार ३ सय १२ र एक्जाम्डेट तर्फ १ लाख ५७ हजार ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका भएपनि परीक्षामा कम विद्यार्थी  सहभागि भएको परिषद्ले जनाएको छ ।

नतिजा थाह पाउन http://www.hseb.edu.np

क्यालेण्डर अनुसार हुने हो भने परिषद्ले ढिलोमा कात्तिक भित्रै नतिजा प्रकाशन गरिसक्नु पर्ने थियो ।  तर, परीक्षा लिएको ८ महिनामा बल्ल तल्ल परिषद्ले नतिजा सार्वजनिक गरेको हो । नतिजा प्रकाशनमा ढिलो भएको भन्दै चौतर्फि विरोध हुँदै आएको थियो ।